
धीरज काेरी/ कपिलवस्तु
कपिलवस्तु जिल्लाकाे महाराजगन्जमा इलाका प्रहरी कार्यालय समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत काेराेना सम्बन्धि जनचेतना मुलक र्याली गरिएको छ ।
लकडाउन खुकुलो भए पनि विश्व मा फैलिएको कोरोना महामारीको संक्रमण कम नभएको भन्दै सर्वसाधारणलाई सचेत बनाउन विहान ९ बजे र्यालीको आयोजना गरिएको इलाका प्रहरी कार्यालय महाराजगन्ज प्रहरी नायब निरीक्षक हाेम बहादुर पुन ले बताउनु भयो ।
इलाका प्रहरी कार्यालय बाट शस्त्र प्रहरी काे उपस्थितिमा महाराजगन्ज बजार क्षेत्र भित्र र्याली गरिएर कार्यक्रममा प्याले कार्ड , पाेस्टर , लिएर र्याली सम्पन्न भएको छ ।
काेराेना भाइरस लाई नियन्त्रण कसरी गर्ने , यश बाट कसरी बच्ने , समाजिक दुरी कायम गर्ने , साबुन पानी ले दिन हु हात धुने , जुनसुकै ठाउँमा जादा खेरी माक्स काे प्रयोग गर्नु इलाका प्रहरी कार्यालय महाराजगन्ज का प्रहरी नायव निरीक्षक हाेम बहादुर पुन ले जानकारी दिनु भयो ।
काेराेना भाइरस नियन्त्रण कार्यक्रममा नेपाल प्रहरी , शस्त्र प्रहरी , समाज सेवी , अाम जनता र अन्य व्यक्तिहरु काे उपस्थिति रहेको थियोे ।
