कपिलवस्तु को उदयपुर प्रहारी द्वारा कोरोना सम्बन्धी जनचेतना मूलक रैली सम्पन्न गरियो।

0
Quantam abroad studies

कृष्ण कुमार यादव , कपिलबस्तु , साउन २
कपिलबस्तुको महराजगंज नगरपालिका वार्ड नं ५ उदयपुर र महराजगंज नागरपालिका वार्ड नं,०६ भलवारी मा कोरोना सम्बन्धी जनचेतना मूलक कार्यक्रम/ रैली सम्पन्न भएको छ।

विश्वव्यपी महामारीकाे रूपमा फैली रहेकाे कोरोना भाइरस (covid-19)बाट बच्नकाे लागि

उदयपुर प्रहरी चौकी को आयोजनमा उक्त जनचेतना मूलक कार्यक्रम सम्पन्न भएको हो। नेपाल सरकारले जारी गरेको लकड़ाऊन (बन्दा बन्दी) लाई प्रभावकारी रूपले कार्यावयन गर्नका लागि जिल्ला प्रहरी प्रमुखको प्रत्यक्ष निर्देशन अनुसार मिति २०७७ असाढ़ ३१ गते बिहान ८ बजे अनिवार्य रूपमा सम्पूर्ण प्रहरी चौकी यूनिटहरुले सन्देश मूलक सन्देशहरुको लिखिएको प्लेकार्ड सहित कार्यलय प्रमुखको नेतृत्वमा कोरोना सम्बन्धी जनचेतना मूलक तथा कोरोना संक्रमण बड़ी रहेको सम्बन्धी स्वास्थ्य सावधनी अपनउन निर्देशन अनुसार उक्त कार्यक्रम गरिएको उदयपुर प्रहरी चौकीका इंचार्ज यज्ञा बहादुर सुनार ले जानकारी दिनु भयो।

sahani furniture udyog

आषाढ़ ३१ गते बर्षाको कारण सो कार्यक्रम स्थगित गरिएकोले उक्त कार्यक्रम आज साउन २ गते बिहान ९:०० बजे सुरु हुने सुनार ले बताउनु भयो । उक्त रैली कार्यक्रममा “बहिरा निस्कदा अनिवार्य रूपम माक्स को प्रयोग गरौ”, “साबुन पानी पटक पटक हात धोने गरौ तथा सैनीटाइजर को प्रयोग गरौ”,” दुइ मीटर को सामाजिक दूरी को कायम गरौ,” ट्रैफिक नियामकों पालन गरौ”, “सामाजिक सदभाव कायम गरौ लगायत नारा ” सहितको प्लेकार्ड सहित महराजगंज नपा वार्ड नं ०५ को उदयपुर, दुदुरा, इट्रोल, र महराजगंज नपा वार्ड नं०६ को जिगना, ठूलो बुटहानिया, सानो बुटहानिया लगायत टोल टोल परिक्रमा गारी जिगना चौकमा जनचेतना मूलक कार्यक्रम सम्पन्न गरिएको छ।

कार्यक्रममा माक्स लगाई सामाजिक दूरी कायम गरी उक्त कार्यक्रम सम्पन्न गरिएको हो।

उक्त कार्यक्रममा उदयपुर प्रहरी चौकी , वार्ड अध्यक्ष,वार्ड सदस्य , वार्ड महिला सदस्य , स्वस्थय चौकी कर्मी तथा , बुद्धजीवि , समाजसेवी , शिक्षक , बिद्यायर्थी , पत्रकार , संघसंस्थाका प्रतिनिधि लगायतको उपस्थित रहेको भने कुरा उदयपुर प्रहरी चौकी का इन्चार्जले यज्ञा बहादुर सुनार ले जानकारी गराउनु भयो।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.