प्रधानमन्त्री ओलि द्वारा पाकिस्तानका अल्पसंख्यकको सुरक्षा का लागी पहल गर्न माग

0
Quantam abroad studies

पंकज ओझा , साउन २
नेपाल विश्व हिन्दु महासंघ जिल्ला कार्य समिति कपिलवस्तु को आयोजनामा शुक्रबार दिउँसो १ बजे बिरोध कार्यक्रम सप्पन्न भएको छ।

महासंघका जिल्ला अध्यक्ष उदयभान यादवको सभापतित्वमा आयोजित उक्त बिरोध कार्यक्रममा मा युवाहरु तिलौराकोट नजिकैको रामघाट मठ क्षेत्र बाट बाइक रैली निकाली जिल्ला प्रशासन कार्यालय अगाडि कोण सभा गरि कार्यक्रमको समापन भएको थियो । उक्त कार्यक्रममा जिल्ला सदस्य मनोज पाण्डे,राहुल चौधरी ,बिजय यादव , राजकुमार यादव , नितिश श्रीवास्तव , गणेश श्रीवास्तव , लगायत युवा कार्यकर्ताहरु को उपस्थित रहेको थियोे।

उक्त बिरोध कार्यक्रममा मन्तव्य राख्दै महासंघका जिल्ला अध्यक्ष यादवले पाकिस्तानमा भएको हिन्दु समुदायको आस्था माथिको लक्षित एवम् साङ्घातिक आक्रमण बारे विश्वका सबै हिन्दु समुदायले अवाज उठाइ उक्त आक्रमणको कडा प्रतिवाद गर्नुपर्ने बताएका थिए । अन्तर्राष्ट्रिय मिडियाले बताए अनुसार पाकिस्तानमा हिन्दु बौद्ध र शिख धर्मका नाबालिक चेलीबेटीलाइ अपहरण गरि ६०-७० बर्षका बुढो ब्यक्ति संग निकाह गराइ धर्म परिवर्तन गराउने घटनाहरु बढदै गएको प्रति दुख व्यक्त गर्दै उक्त घटना मानव समाज माथी एक कलन्क भएको बताएका छन् । लकडाउनको स्मायमा नेपालमा पनि गौहत्या लगायत हिन्दु बिरोधि गतिविधि बढेको बताउदै देशका हिन्दु समाजलाइ निद्रा बाट उठि हिन्दु रास्ट्रको लागी आवज उठाउन अपिल समेत गरेका छन् । मन्तव्यका दौरान अध्यक्ष यादवले पाकिस्तानमा रहेको अल्पसंख्यक समाजको सुरक्षाको लागी पाकिस्तानी सरकार संग पहल गर्न प्रधानमन्त्री केपि ओलि संग अनुरोध समेत गरेका छन् ।

त्यस्तै जिल्ला सदस्य मनोज पाण्डेले नेपाल र नेपाली को साख जोगाउन नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्नका निमित्त राष्ट्रवयापी बृहत आन्दोलन गर्नुको विकल्प नरहेको बताएका थिए।

sahani furniture udyog

बिरोध कार्यक्रममा सहभागी आक्रोशित युवाहरूको समुहले पाकिस्तानका प्रधानमन्त्री इमरान खानको फोटो समेत जलाइ चर्को नाराबाजी गरेका थिए।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.