
रबिन्द्र यादव , साउन ३
नवलपरासी ( बर्दघाट सुस्ता पश्चिम ) को पाल्हिनन्दन गाउँपालिका वडा नं. २ मुडेरामा प्रहरीले ५३ बोरा अबैध युरिया मल बरामद गरेको छ । बिहीबार स्थायिन लख्खी प्रसाद केवट सहानीको घरमा लुकाई राखेको अवस्थामा जिल्ला प्रहरी कार्यालय र सिमा प्रहरी कार्यालय महेशपुरको टोलीले बरामद गरेको हो ।
बरामद गरिएको मलको मुल्य ४५ हजार ५० रुपैंया पर्ने र सोधपुछका आधारमा उक्त कार्यमा स्थानिय उदयराज यादव समेत संलग्नता रहेको खुलेको प्रहरीले जनाएको छ । बरामद गरिएको ५३ बोरा आवश्यक कारबाहीका लागी महेसपुर भन्सा कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय का प्रहरी नायव उपरीक्षक राजु लामाले जानकारी दिए ।
