विजयनगरद्धारा समुदायस्तरमा स्वाब संकलन सम्पन्न ।

0
Quantam abroad studies

राम प्रघट कोरी , श्रावण ३१
कपिलवस्तुको विजयनगर गाउँपालिकाले समुदायस्तरमा कोरोना सङ्क्रमण रहे नरहेको पत्ता लगाउन स्वाब संकलन गरेको छ ।

sahani furniture udyog

विजयनगर गाउँपालिका भित्र बढी जनसम्पर्कमा रहेका व्यापारी, उद्योगी व्यवसायी, हाल सालै भारत लगायत अन्य मुलुक बाट आएका व्यक्तिहरु, कोरोना भाइरस सँग मिल्दो जुल्दो लक्षण देखिएका संकास्पद व्यक्तिहरु, जनप्रतिनिधी र कर्मचारीहरु सहित २०१ जनाको स्वाब संकलन गरिएकोे गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत गोविन्द भट्टराईले जानकारी दिनुभएको छ ।

स्वाब संकलन गरिएका मध्ये महिला ४९ जना र पुरुष १५२ जना रहेका छन । गाउँपालिकाले विहिवार एक सुचना जारी गर्दै सम्बन्धित सबैलाई यहि साउन ३१ गते शनिबार गाउँपालिकाको वडा नम्बर ७ स्थित लौटनराम द्रौपदी देवी माध्यमिक विद्यालय गणेशपुरमा स्वाब संकलनमा सहभागी हुन अनुरोध गरेको थियो ।

संकलन गरिएको स्वाब परिक्षणका लागि कोरोना अस्पताल भैरहवा पठाइएको स्वास्थ्य शाखा प्रमुख यज्ञ प्रसाद अधिकारीले जानकारी दिनुभएको छ ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.