नेपाल स्वयंसेवक संघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा नवीन थापा चयन,,

0
Quantam abroad studies

उत्तम कुमार थापा , बझाङ

नेपाल स्वयंसेवक सँघ सुदुरपश्चिम प्रदेशको अध्यक्षमा नवीन थापा चयन भएका छन् ।

थापा विगत लामाे समय देखि समाजिक कार्यमा लागिपरेका देखिन्छन । उनी कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिकाका होनहार युवा समाजसेवी थाप लाई नेपाल स्वयंसेवक संघ सुदूरपश्चिम प्रदेश अध्यक्षको जिम्मेवारी दिएको हाे । ग्रामीण क्षेत्र देखि आफ्नो समाजसेवी यात्रा सुरु गरेका युवा थापा एका एक आफ्नो अब्बलताले स्थानीय स्तर देखि प्रदेश सम्मको यात्रा तय गरेका छन् ।

sahani furniture udyog

वि. स. २०५८ सालमा बेलडाँडी क्षेत्रमा रहेका आरक्ष पीडित परिवार मध्यका एक उनी पनि हुन। आगामी दिनमा आफ्नो संघर्षरत जिन्दगी लाई निरन्तर दुखी गरीबहरु को सेवामा तल्लीन रहेन गरि युवा लाई लक्षित गरि रोजगार तर्फ उन्मुख गर्नका लागि युवा रोजगार कार्यक्रम समेत ल्याउने थापाले बताए। उनले भने ‘यसरी आफ्नो आगामी दिनका यात्रा पनि एका-एक समाजसेवाको लागि रहने छ।’ सुदूरपश्चिम प्रदेशको प्रचारप्रसारका लागि मुख्य जिम्मेवारी निराजन परियार र महासचिवको जिम्मेवारी नरेन्द्र सिंह बोहरा लाई दिएको अध्यक्ष थापाले बताएका छन् ।

आगामी दिनमा समाजका हरेक क्षेत्रमा आफ्नो गाउँ ठाउँको स्तर उन्नति बिकासका लागि र समाज परिवर्तन गर्न युवा लाई लक्षित गरि अगाडि बढ्ने हो भने सम्भव नहुने कुरा केही पनि छैन ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.