कुम्भकार(पंण्डित) समुदायको माटोको भाडा बनाउने पेशा संकटमा

0
Quantam abroad studies

गनेश यादव
इनरुवा । सुनसरीमा कुम्भकार (पंण्डित) समुदायको माटोको भाडा बनाउने पेशा संकटमा परेको छ । एकातिर भाडा बनाउने माटो र दाउराँको अभाव अर्को तिर पाँच महिनाको लामो बन्दाबन्दीले माटोको भाडा बनाउने पेशा संकटमा परेको हो ।

लामो समय देखी पुर्खौली पेशा माटोको भाडा बनाउने काम गर्दै आउनु भएका सुनसरी सदरमुकाम इनरुवा २ का बद्री नारायण पंडितले माटोको भाडा बनाउने पेशा नै संकटमा परेको गुनासो गर्नुभयो ।

बद्री नारायण पंण्डितले माटोको भाडा बनाउनका लागि आवश्यक पर्ने कुमाले माटोको अभाव, टाढाटाढा बाट किनेर जसोतसो माटो ल्याएपनि बनाउन समस्या, बनाएपनि पोल्ने दाउराँको अभाव लगायतका कारणले पेशा संकटमा परेको बेला अहिलेको लामो बन्दाबन्दीले झन समस्या भएको बताउनुभयो ।

वहाँले तयारी भाडो बनाउनु माटो अभाव, दाउराको अभावको बीचमा केही माटोको भाडा बनाएको भएपनि हाट बजार बन्द भएकाले विक्रि गर्न नपाउदाँ झनै पेशा संकटमा परेको दुखेसो पोख्नु भएको छ । वहाँले राज्यले सुविधा दिनुपर्ने, माटोको भाडा बनाउन चाहिने माटो उपल्बध गराई दिनुपर्ने, ढुवानीमा अनुदान दिनुपर्ने , बजारको ग्यारेण्टी गर्नुपर्ने माग गर्नुभएको छ ।

sahani furniture udyog

जिल्लाको सदरमुकाम इनरुवा सहित हरिनगर, वर्जु, कोशी, भोक्राहा नरसिंह र दुहवीमा माटोका भाँडा बनाउन आवश्यक पर्ने माटो गाउँमा पाइन छाडेपछि कुम्भकार(पंडित) कुमाल समुदायको पेशा नै जोखिममा परेको छ ।

पुस्तौँ देखि माटोको भाडा बनाएर जीवन धान्दै आएका जिल्लाको इनरुवा नगरपालिका–२ विहीबार हाट र बस्नेत टोलमामा बसोबास गर्ने कुम्भकार समुदाय गाउँमा माटो पाइन छाडेपछि पेशा नै संकटमा परेको भन्दै चिन्तित बनेका छन् ।

पुस्तााै देखि गर्दै आएको पेशा खोसिन पुग्दा धेरैको रोजीरोटी गुमेको छ । सार्वजनिक जग्गामा माटो निकाल्न रोक लगाए पछि माटोको भाडा बनाउने पेशा संकटमा परेको ७५ वर्षीय गंगा पण्डित बताउनुहुन्छ । इनरुवा नगरपालिका–२ को बबाजी पण्डिलका अनुसार सुनसरीको वर्जु स्थित चिमडी तालमा मात्रै कुमाले माटो पाईने र त्यहाँ पनि निकाल्न रोक लगाइएको र केही ठाउमा निकाल्न दिएपनि पैसा दिनुपर्ने बाध्यता भएकाले समस्या भएको छ ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.