एकल महिलाका पिडाकाे मलम बन्दै उपमेयर बिष्ट ,

0
Quantam abroad studies

उत्तम कुमार थापा
बाजुरा जिल्लाकाे बडिमालिका नगरपालिकाकी उपमेयर बिष्ट एकल महिलाकाे पिडामा मलम लगाउदै छन ।

स्थानीय तहकाे निर्वाचन विजय पछि गाउँघरका समस्या जनसमुदायका पीडा बुझ्न उपमेयर कविता बिष्ट प्रत्येक्ष समुदायमै गएर समस्याको समाधान गर्ने जनप्रतिनिधिमा हुन । यतिबेला बर्षाकाे एक पटक लाग्ने हरितालीका तिजकाे पनि निकै राैनक भएको समयमा दरकाे माैका पार्दै बिष्टले दर खाने रुपैयाँले समुदायको एकल महिलालाई सहयोग गरेकी छन् ।

शुक्रबार हरितालिका तिजको अवशरमा उपमेयर बिष्टले एक अनौपचारिक कार्यक्रमका बिच वडिमालिका नगरपालिकाका एकल महिलालाई खाद्यान्न सहयोग गरी तिज मनाएकि हुन ।
बिष्टले नगरपालिका वडा नं २ की सिद्धा नेपाली, वडा नं ७ की नामसरा पाध्याय र वडा नं ८ की गंगा थापाल गरी प्रत्यक लाई ३० केजी चामल, २ पोका तेल, १ पोका नुन र २ गोटा चामल वितरण गरेकी छन । उनले तिज रमझम गरेर मनाए पनि साधारण गरेपनि आखिर प्राप्त हुने कुरा एउटै भएकाले एकल महिलाका लागि खाद्यान्न सहयोग गरेपछि केही दिनका लागि भएपनि राहात हुने भएकाले आफुले आफ्नो तिज खर्च कटाएर राहात सहयोग गरेको उपमेयर बिष्टले बताए ।

अरु ठुलाबडा महिलाले तिजको दिन आफु रमझम भएर अरु लाई देखाउँछन् तर मनकारी वडिमालिका नगरपालिकाकी उपप्रमुखले हामी गरिब महिलाहरुको छाक कटाएकोमा आफुहरु निकै खुसी भएको वडा नं ८ की एकल महिला गंगा थापाले बताउनु भयाे उपमेयर बिष्टले भने यस्ता समुदायमा भएको समस्या समाधान गर्दे आउनुभएकाे छ आगामी दिन जसरी जनताले बिजयी गरेको अाफुले समुदायलाई सधै सहयाेग गरिरहने उनकाे भनाइ छ ।

शुद्दोधन गाउपालिका
कपिलवस्तु साझेदारि बन ब्यवस्थापन समिती
शुद्दोधन गाउपालिका २
Leave A Reply

Your email address will not be published.