तराई भुभागमा गणैश चतुर्थी (चौरचन) पर्बको हर्षोल्लास

0
Quantam abroad studies

नबिन यादब , सप्तरी
भादौ महिनाको शुक्ल पक्षको चतुर्थी तिथिको दिन यो चौरचन पर्ब मनाउने चलन छ। यो पर्बलाई बिभिन्न नाम बाट सम्बोधन गरिन्छ। कतै चौरचन, चोठचांद, गणेश चोठ,र गणेश चतुर्थी को नाम बाट यो पर्व लाई चिन्ने गरिन्छ।

यो पर्व खास गरेर हिन्दु धर्म मान्ने तराईको भुभागमा धरै संख्यामा मनाउने चलन रहेका छन् । खास गरेर यो पर्वमा भगवान् गणेश पुजा संगै , शुक्ल पक्षको चतुर्थी तिथिको दिन आकाशमा उदाएको चौठ चांदलाई पुजने परम्परा रहेको छ।

गणेश चतुर्थी पर्व को दिन अरबा चामलको पिठो बनाएर पानि संग मिलाएर आगंनको बिच भागमा चौक बनाउँने काम गर्छ । उत्त चौकमा केराको पातमा नानाथरिको फल, पुष्प चढाउने परम्परा रहेको छ।

sahani furniture udyog

उक्त बिच आगंनमा लगाएको चौकमा मिथिलाको बिभिन्न संस्कृति काला संगै कुम्हार जाति पन्डितले बनाएको माटो को भाडो कोहा, कोही, मटकुरी, फुच्ची, दिप, लदिया,छाछ, संगै डाली , खिर, पिरी, पुवा, सेब, सुन्तला, लताम, खीर, दीप, नवका धूपदानी, धुमन, गुगुल , सुगन्ध आदि प्रयोग गरिने परम्परा रहेको छ।

यो पर्बमा दुई ओटा कुराको अत्यन्तै महत्व रहेको छ । दहीको छाँछी जस्को स्वाद धैरै मिठो रहेको मन्यता छ। एउटा मरर जुन चौरचन पर्ब सक्ने बितिकै घरको प्रमुख ब्यक्ती बसेर खाने चल्न छ।
यो पर्ब मनाउने ब्यक्तिहरुलाई आपसी भाईचाराको सम्बन्ध जुटने विश्वास रहेको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.