उर्मिला यादव , नवलपरासी ,भदौ ६
जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले भदौ १० गते राति १२ बजे सम्मको लागि पुनः निषेधाज्ञा थप गरेको छ । पछिल्लो समय जिल्लाको बिभिन्न स्थानमा कोरोना भाइरस को संक्रमण फैलिने क्रम बढ्दो अवस्थामा रहेकोले निषेधाज्ञा थप गरीएको हो । आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले आज राति १२ बजे देखि भदौ १० गते राति १२ बजे सम्मको लागि पुनः निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले जानकारी दिए । बैठकले जिल्ला भित्र संचालित बैंक , बित्तिय संस्था एवम सहकारीहरु ले अधिकतम रुपमा बिद्युतिय माध्यम बाट सेवा दिन जोड दिएको छ भने मानिसहरुको भौतिक उपस्थितीमा दिइने सेवा भदौ १० गते सम्म स्थगन गरीएको जनाएको छ । यस्तै गरी अत्यावश्यक अवस्थालाइ दृष्टिगत गरी सम्पर्क ब्यक्ति तोकी दैनिक जिवनमा कठिनाइ भएमा सेवा दिने ब्यवस्था सम्बन्धित संस्थाको प्रमुखले मिलाउने समेत निर्णय गरेको छ ।
थप गरिएको निषेधाज्ञा अवधिमा मानिसहरुको जमघट, भेटघाट, कुनै प्रकारका बैठक, भेला जस्ता सामुहिक जमघट हुने कार्यहरु गर्न रोक लगाइएको छ ।
- Comments
- Facebook Comments