भदाै २५ गते भित्र देवल विमानस्थल हस्तान्तरण हुने तयारीमा,

0
Quantam abroad studies

उत्तम कुमार थापा , बझाङ

बझाङकाे देवल विमानस्थल भदाै २५ गते भित्र हस्तान्तरण हुनेभएको छ ।

जिल्लामा निर्माण हुँदै आएकाे विमानस्थल यही भदाैमा हस्तान्तरण हुने भएको हाे । आज प्रतिनिधि सभा सदस्य माननीय साँसद भैरव बहादुर सिहकाे नेतृत्वमा नेकपाका केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज देवराज रेग्मी प्रमुख जिल्ला अधिकारी कमल भण्डारी, डिएसपी गणेश बम,नेता लाेकेन्द्र सिह , जिल्ला कमिटी सचिवालय सदस्य हलचल थापा , कमल थापा लगायतकाे टाेली अनुगमनकाे क्रममा गएको थियाे ।

विगत लामाे समय देखि बन्द अवस्थामा रहेको विमानस्थल काे निमार्ण कार्य तिर्व गतिमा हुँदै आएपछि काम राम्रो भएको अनुगमन टाेलीकाे भनाइ छ । नेपाल कम्युनिस्ट पाटी नेकपाकाे सचिवालयकाे बैठक र जिल्लामा अहिले भारि बर्षा काे कारण जनताकाे दुख सुखमा साथ दिन बझाङ आईपुग्नु भएका साँसद सिह आज विमानस्थलकाे अनुगमन गर्न देवल पुगेका हुन ।

साँसद सिहले भने, अघिल्लो दशैमा विमानस्थल बनेर जहाज उडान हुनुपर्ने हाे तर काेरनाले गर्दा हुन नसकेको बताए । अहिले तिर्व गतिमा काम सञ्चालन भएको देख्दा ठेकेदार लाई अझै राम्रो काम गर्न सल्लाह दिदै छिटो भन्दा छिटो विमानस्थल हस्तान्तरण गर्न अनुराेध गरेका छन । अहिले विमानस्थल निर्माण कार्यकाे जिम्मेवार सम्हालि रहनुभएका साईट प्रमुख प्रदिप दंगालले भने,काममा अलि ढिलाइ भएको भन्दै, केहि समय अगाडि सडकले पनि साथ नदिएको र केही विवादले गर्दा ढिलाे हुन पुगेकाेमा सुईका गरे । उनले भने अहिले काम तिर्व गतिमा भएको छ । अब देवल विमानस्थल भदाै २५ गते भित्र हस्तान्तरण हुने गरि काम भएको बताए ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.