
उपमेयर कबिता कुमारी बुढा (बिष्ट) , बाजुरा
मेराे जन्म साविककाे छतारा गाउँ बिकास समिति वडा-५ हाल त्रिबेणी नगरपालिका वडा - २ मा अवस्थित एक गरिब परिवारमा स्व. पिता पाउने बुढा र स्व. माता माहामती बुढाको कोख बाट वि.सं. २०४५ पौष महिनामा भएको थियो।
हाम्रो परिवारको आर्थिक अवस्था साह्रै नाजुक थियो। ज्याला मजदुरी गरेर नै आमाबुवाले घर खर्च चलाउनु हुन्थ्यो। मेरा बुवा चार दाजुभाई मध्येका जेठाे हुनुहुन्थ्यो भने, मेरा ६ वटा दिदीहरु र दुईवटा दाजुहरु हुनुहुन्थ्यो। परिवारमा सबै भन्दा कान्छी भएरै होला सानो छदा सबैको माया पायर हुर्केकी थिए।
एकाएक मेरो जीवनमा ठुलो बज्रपात आइलाग्यो, सानै उमेरमा आमा गुमाउनु पर्यो त्यति बेला म सात कक्षामा पढ्दै थिए । सानै देखि आफैले भारि बोक्दै ज्याला मजदुरी गरेर आएको पैसाले कापीकलम र स्कुलको पढाई शुल्कको जोखो गर्दै आएकि म माथि प्राण प्यारि आमा गुमाउनु को पिडा थपिदा झनै जीवन अन्धकारमा रुमलिएकाे थियाे । हजारौ समस्याका बाबजुत पनि मैले मेरो पढाई लाइ निरन्तरता दिदै गए।
आमाको मृत्यु पछि घरमा झनै आर्थिक संकट आइलाग्यो। तेती बेला आर्थिक रुपले बिपन्न परिवार भनेर सबैले हेप्ने गर्थे, आमा पनि छैन बुवाकाे पनि नाजुक अबस्थालाई देखेरै होला मलाई समाजमा घिर्णा गर्थे। हामीहरुको त्यस्तो बिचल्ली परेको बेलामा पनि साथीभाईहरु देखि मेराे समाज कसैले पनि हामिलाई कहिले सहयोग नगरेको त्यो नरमाइलो समयले मनमा अशान्ति पैदा गराउन्थ्याे र त, नेपाली उखान (” छन् गेडी सबै मेरा, छैनन् गेडी सबै टेढा।”) मानस पटलमा छाई रहनछ। मेरो स्कुले जीवन र पारिवारिक जीवन दुख र कष्ठ भोग्दै दिनहरु बिताई अगाडि बढेकी हु ।
मैले वि. सं. २०६३ सालमा एस. एल. सी. दिए , वि. सं. २०६६ सालमा प्रमाण पत्र तह र वि.सं. २०७० सालमा स्नातक तह सम्मको औपचारिक शिक्षा हासिल गर्न सफल भए। मेराे विवाह वि.सं.२०६५ बैशाख महिनामा, बडिमालिका नगरपालिका वडा न ९ निवासी एक मध्यम वर्गीय परिवारका सबै भन्दा कान्छा छाेरा बिपिन बहादुर बिष्ट सँग बैवाहिक जीवन सम्बन्ध जाेडिएकाे थियो। हाल मेरा दुईवटा छोराहरू ११ बर्ष र ७ बर्षका छन्। अब बिगतलाई सम्झेर दुखि हुन चाहन्न, दुखसुख जे-जस्तोसुकै भए पनि जिवनका दुई ठुला खुट्किला पार गर्न सफल भय जस्तो लाग्छ।
मैले आठ वर्ष स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम (एल. जी. सी. डि. पी.) अन्तरगत सामाजिक परिचालक भई समाज सेवा गर्ने अवसर पाएकि थिए। वि.सं. २०६५ साल देखि वि.सं. २०७२ साल सम्म नेपाल महिला संघको जिल्ला कार्य समितिमा सचिबको जिमेवारी पाए। त्यस्तै वि.सं. २०६९ साल देखि सँग सँगै अन्तरपाटी महिला सञ्जाल बाजुराकाे पनि सचिब भएर समग्र बाजुरेली महिला दिदिबहिनीहरु र पछाडि परेका बर्गहरुकाे आवाज उठान गर्ने माैका पाएकि छु । वि. सं. २०७४ सालकाे स्थानीय चुनावमा नेपाली काङ्ग्रेस बाट निर्वाचित भई हाल बडिमालिका नगरपालिकामा उप प्रमुखकाे रूपमा जिम्मेवारी सम्हाल्दै आइरहेकि छु। साथै नेपाली काङ्ग्रेस जिल्ला कार्य समितिको सदस्य काे रूपमा क्रियाशील रहेकी छु। साथै एउटा थप जिम्मेवारी थपिएको छ स्कुल अफ डेमोक्रेसी काे जिल्ला अध्यक्ष काे पनि जिम्मेवारी पाएकाे छु।
म यहा सम्म पुग्नुको श्रेय मेरो घरपरिवार अझ बिशेष त: मेरा लाईफ पार्टनर बिपिन बहादुर बिष्ट ज्युलाइ जान्छ। हरेक सफल पुरुषको पछाडी महिलाको हात हुन्छ भने जस्तै प्रत्येक महिला सफल हुनका लागि पनि पुरुषको उतिकै ठुलो महत्व आवश्यक हुन्छ। यो मेरो जीवन को व्यक्तिगत अनुभब पनि हो। म एकदम नाजुक घरपरिवारबाट जन्म भई उकाली अाेरालि काट्दै मेरो जीवन साथी बाट उहाको साथ, सहयोग र सुझाब सल्लाह पाउँदा मेरो जीवन उज्जवल भएको छ जसले गर्दा मैले याे ठाउँमा पुग्ने अवसर पाएकि छु। अहिले जनसमुदायकाे मायाले बडिमालीका उपमेयर भएको नताले समाजमा हरेक हिसाबले पछाडि परेका दाजुभाइ तथा दिदिबहिनीहरुकाे सेवामा सधैं समर्पित रहने छु।

Great personality
Great personality