
गएको भदौ ३ गते रौतहटमा एक मन्दिरका पुजारीको गोली हानी हत्याको बिषयलाई लिएर नेपाल बिश्व हिन्दु महासंघ रौतहटले प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको छ ।
माधवनारायण नगरपालिका २ खेसर्हिया स्थित हनुमान मन्दिरका सन्त श्रीराम साहको खाना खाने अवस्थामा गरिएको हत्या को सत्य तथ्य छानबिन गरि दोषी उपर कडा कार्यवाही गर्नुका साथै स्वर्गीय सन्त लाई शाहीद घोषणा गर्नुपर्ने प्रमुख माग का साथ आज नेपाल विश्व हिन्दु महासंघ जिल्ला कार्य समिति रौतहटका अध्यक्ष त्रिभुवन ओझा एवं सचिव राधेश्याम सहानी द्वारा प्रमुख जिल्ला अधिकारी लाई ज्ञापन पत्र बुझाइएको छ ।

