पश्चिम् नवलपरासीमा अबैध केराउ बरामद

0
Quantam abroad studies

उर्मिला यादव , भदौ ७
पश्चिम् नवलपरासीमा प्रहरीले आज अन्दाजी ८० हजार मुल्य बराबरको अबैध हरियो केराउ बरामद गरेको छ ।आज बिहान नेपालबाट अबैध रूपमा भारत तर्फ लैजादै गरेको ४० बोरामा प्रती बोरा २५ किलोको दरले एक हजार किलो(१० क्युन्टल) हरियो केराउ ईलाका प्रहरी कार्यालय बेलाटारी बाट खटिएको टोलिले प्रतापपुर गाउपालिका वडा नम्बर ५ बसहिया बाट बरामद गरेको छ ।
उक्त केराउ मोटर साइकलमा राखी लैजादै गर्दा प्रहरी टोलि लाई देखेर मानिस सामान फाली मोटर साइकल सहित भागेका थिए । बरामद भएको केराउ आज नै आवश्यक कारवाहिको लागि महेशपुर भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिनु भएको छ ।

sahani furniture udyog
Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.