उत्तम कुमार थापा , बझाङ
जिल्ला सरकारी वकिल कार्यालय कैलालीको नवनिर्मित भवनकाे उद्वघाटन भएको छ ।
अाज एक कार्यक्रमका विच कैलालीमा रहेको सरकारी वकिल कार्यालयकाे १२ काेठे भवनकाे उद्वघाटन भएको हाे ।
अहिले सम्मकै पहिलाे पटक अनलाइन बाट ११ वटा कार्यालयकाे माननीय माहान्यायधिवक्ता श्री अग्नि प्रशाद खरेलले अनलाइन भिडियो कनफरेन्स मार्फत गर्नुभएको कैलाली जिल्ला न्यायाधिवक्ता बिष्नु प्रशाद पाैडेल ले जानकारी दिनुभएको हाे ।
कैलाली जिल्लामा ठेकेदार कम्पनीले ठेक्का लिएकाे सरकारी वकिल कार्यालयकाे १६ काेठे भवन विगत ६ महिना अगाडि नै सम्पन्न भएको हाे भने अाज उद्वघाटन गर्दै दिप प्रज्वलन गरेर खुसियाली बनाएको स्राेतकाे भनाइ छ ।
काेभिड १९ अर्थात काेरना कहरले गर्दा अनलाइन बाट कार्यालयकाे उद्वघाटन गर्नुपरेको बताउदै सबै सहयाेगि मनहरुलाई धन्यवाद व्याक्त गर्नुभएको थियाे । उनले नयाँ भवनमा अब कर्मचारीलाई काम गर्न सजिलाे हुने बताउदै एकै दिन ११ कार्यालयकाे उद्वघाट गर्ने अवसर पाउँदा अत्यन्तै खुसि भएको दावी गरेका हुन ।
समयमै काम सम्पन्न भएको कार्यालय भने साडे दुई तलाकाे रहेकाे छ । ठेक्का पाएकाे निमार्ण कम्पनी सँग मिती २०७५/५/५ मा सम्झौता भएको थियाे भने मिति २०७७ /५ /२० सम्म सम्पन्न गरिसक्ने भनेकाे थियाे तर कम्पनीले ६ महिना अगाडि सम्पन्न गर्दा अत्यन्तै खुसि छाएको हाे । आज उद्वघाटन समारोहमा सरकारी वकिल कार्यालयका सम्पुर्ण कर्मचारी , सराेकारवालाहरुकाे उपस्थिति रहेको स्राेतले बताए ।