सप्तरी युथ नेपालका युवाहरु अग्रसर हुँदै कोरोना महामारी नियन्त्रणको प्रयासम

0
Quantam abroad studies

नबिन यादव , सप्तरी , भदौ ९

कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि पछिल्लो समय देखि सप्तरी युथ नेपाल अग्रदस्ताको रुपमा समाजमा अगाडि आएर सक्रिय भएको देखिन्छ । बिश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस सप्तरी जिल्लामा पनि समुदाय स्तरमा तीब्र रुपले फैलिरहेको हुँदा सप्तरी युथ नेपालले गम्भीर पहलका लागि सक्रिय भएको छ । कोरोना महामारीको भयावह परिस्थितिलाई न्यून गर्न सप्तरी युथले विभिन्न पालिका स्तरमा वडाहरुलाई सेनिटाइज गर्ने काम गरिरहेको छ। पछिल्लो समय राजबिराज नगरको विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्था संग सहकार्य गरि किटनासक औषधि छर्किने काम गरिरहेको छ। सप्तरी यूथको प्राविधिक सहयोगका साथै समन्वय तथा संस्थाको आर्थिक सहयोगमा महामारीको यस समय मा आफ्नो वडाप्रति थोरै भएपनि सामाजिक उत्तरदायित्व निर्वाह गरेको समाजिक अभियन्ता तथा संघ संस्था हरुको भनाइ रहेको छ।

सप्तरी युथ नेपालले उक्त किटनासक छर्किने कार्य सप्तरी जिल्लाको विभिन्न पालिकाको वडाहरुमा गरेको बाकी अन्य पालिकाहरुमा पनि स्थानीय सरकार र गैरसरकारी संघ संस्था संग सहकार्य गरि गर्ने योजना रहेको सप्तरी युथ नेपालको कोषाध्यक्ष बिष्णु यादवले जानकारी गराउनु भएको छ।

राजबिराज स्थित साइ कृष्णा आइसोलेसनको बेथिति तथा त्रुटिलाई ध्यानमा राखी सप्तरी युथ नेपालको अध्यक्ष श्रवण देव, उपाध्यक्ष मोहन कुमार यादव, कोषाध्यक्ष बिष्णु यादवले संयुक्त रुपमा गजेन्द्रनारायण सिंह सगरमाथा अंचल अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट रंजित झा ज्युलाई मेडिकल सामग्रीहरु उपलब्ध गराएका छन् । आइसोलेसनमा रहेका बालक, तथा वृद्धलाई लक्षित गरी आठ प्रकारका सामग्री युथ नेपालका पदाधिकारीहरुले शुक्रवार गजेन्द्र नारायण सिह अस्पताललाई हस्तान्तरण गरेका हुन् । सामानहरुमा पिपिई सेट ५ थान , डेटोल साबुन १ सय ५० ओटा , मच्छर धुप ५० प्याकेट, गुडनाइट २५ प्याकेट, हर्लिक्स ७ डिब्बा, बेगन स्प्रे १० ओटा, रुम स्प्रे ५ पिस, बिस्कुट ८४ डिब्बा रहेको छ । संस्थाका पदाधिकारीहरुले व्यक्तिगत रुपमा सहयोग संकलन गरी उक्त सामानहरु उपलब्ध गराएको जनाईएको छ ।

बिश्व महामारीको रूपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणको यस क्षणमा युद्धस्तरमा खटिरहेको सप्तरी युथ नेपालको यो कार्य निकै उपलब्धिमूलक बनिरहेको प्रतिक्रिया समाजका बुद्धिजीवी, श्रमजीवी, समाजिक कार्यकर्ताहरु बाट आइरहेको कुरा उक्त संस्थाको उपाध्यक्ष मोहनकुमार यादवले जानकारी गराउनु भएको छ।

बिश्व महामारीको बिरूध सप्तरीका युवाहरु साच्चिकै यस संस्थाको माध्यमले उदाहरणिय कार्य गरेको सर्बबिधितै छ । यसले कोरोना महामारी नियन्त्रणमा समाज प्रति युवाको दाइत्व उदाहरणिय रुपमा पुरा गरि रहेको र लगातर कोभिड १९ बाट पीडितको मनोबल बढाउदै आइसोलेशन र क्वरेनटाइनमा रहनु भएका ब्यक्तिलाइ सप्तरी युथ नेपाल ले सक्दो सहयोग गर्ने प्रयास गरिरहेको सास्थाको सचिव आयुश श्रेष्ठले जानकारी गराउनु भएको छ।

शुद्दोधन गाउपालिका
कपिलवस्तु साझेदारि बन ब्यवस्थापन समिती
शुद्दोधन गाउपालिका २
Leave A Reply

Your email address will not be published.