हलेसी बोलेरो दर्घटना,चालक गम्भिर घाइते

0
Quantam abroad studies

रमन वन ,भाद्र १० , खोटाङ
खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेविस्थान स्थित पात्लेमा बोलेरो दुर्घटना भएको छ ।
आज बिहान सदरमुकाम दिक्तेल बजार बाट काठमाडौ तर्फ जाँदै गरेको को.२ च १८३३ नम्बरको बोलेरो पात्लेको घुम्तीमा तिब्रगतिका कारण दर्घटना हुँदा चालक रुद्रबहादुर खत्री गम्भीर घाइते भएका छन् । बोलेरो सडक बाट करीब ६० मिटर तल खसेको जानकारी प्राप्त भएको छ ।।
उदयपुरको त्रियुगा नगरपालिका ७ घर भएका २१ वर्षीय चालक खत्रीको अहिले हलेसीस्थित सिद्धबाबा पोलोक्लिनिक मा उपचार भई रहेको छ ।
साथै घाइते चालकको देब्रे आँखा माथी गहिरो चोट लागेको ईलाका प्रहरी कार्यालय हलेसीले जनाएको छ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.