शीर्षस्थ नेताको अनुभवलाई सगैं लिएर पर्वत काग्रेंसमा युवा नेतृत्वको जग बसाल्न कसिए सुवेदी

0
Quantam abroad studies

अमृत भट्टराई / बिहादी, पर्वत

नेपाली काग्रेंसको महाधिवेशन नजिकिएको छ । पछिल्लो समयमा काग्रेंसको नेतृत्वमा स्थानीय देखि केन्द्र सम्म युवा आउनु पर्ने सबै कार्यकर्ताको विश्लेषण छ।नेपाली कांग्रेसको राजनीतिलाई विश्लेषण गर्दा २००८ सालमा गृह र २०१५ सालमा प्रधानमन्त्री हुँदा युवा बीपी कोइराला, २४ बर्षमा सभामुख हुँदा किसुनजी, उद्योग मन्त्री हुँदा युवा गणेशमान, युवा सुवर्ण युवा उमेर हुँदा आफ्नो आर्थिक एवं राजनीतिक रूपले जिम्मेवार भएर पार्टीलाई मजबुत गराएका थिए, त्यो युवा नेतृत्व काग्रेंसमा जाग्ने र जगाउने प्रती काग्रेंस कार्यकर्ता आगामी १४ औ महाधिवेशनमा आशावादी बनेका छन ।

तसर्थ आगामी महाअधिवेशनले युवा नेतृत्वको खोजी हुनु स्वाभाविक हो । पार्टीको शीर्षस्थ नेताहरूको अनुभवलाई लिएर युवाहरूको सोच, जोस, योग्यता, क्षमता, क्रियाशीलता, अविछिन्नता , इमानदारीताका साथ पर्वतमा काग्रेंसको रुपान्तरणको लागि नेबिसघं पर्वतका अध्यक्ष मिलन सुवेदीले युवा नेतृत्वको जग बसाल्ने पर्वत काग्रेंसजनको आश छ । सरल स्वाभावका धनी सुवेदी पछिल्लो पुस्ताका पर्वतका उदाउदो युवा नेता हुन धैर्यता निरंतरता र परिपक्वता सुवेदि को नेतृत्व खास गुण हो।

पर्वतको ठानामौला जन्मेका मिलन सुवेदी नेपाल विद्यार्थी सघं पर्वतको जिल्ला अध्यक्ष हुन। दुई कार्यकाल अध्यक्षको जिम्मेवारी समालेका मिलनले अब जिल्लामा शीर्षस्थ नेताहरूको अनुभवलाई समेटेर पर्वतको काग्रेंस मजबुत बनाउन लाग्ने खुल्नमा आएको छ।

२०५६ मा नेविसंघ को सदस्यता लिएका मिलनले नेबिसघंमा दुई दशकसम्म सगंठन निर्माणमा लागेर धैर्यता र निरंतरताको परिक्षा उतृण गरेको युवाहरुको बुझाइ छ। जन ज्योति मा वि ठानामौलाको इकाइ सभापति हुँदै नेबिसघंमा २०५६ सालमा पाइला चालेका सुवेदी २०६० मा पृथ्वीनारायण क्याम्पस आइ एड प्रथम बर्ष कलास कमिटि को सभापति , २०६१ विन्दवासिनि क्याम्पस प‍ोखरा मा क्लास कमिटि को सभापति ,२०६२स्वतन्त्र बिद्यार्थी युनियन विन्दवासिनि संस्कृत क्याम्पस प‍ोखराको सहसचिव ,२०६३ नेपाल बिद्यार्थी संघ पर्बत पोखरा सम्पर्क समिति सचिव,२०६३ मा नै नेपाली बिद्यार्थी संघ क्षेत्रीय कार्यसमिति पर्वत क्षेत्र नं २को उपाध्यक्ष ,२०६४ नेपाल विद्यार्थी संघ पर्वत पोखरा सम्पर्क समितिको अध्यक्ष, २०६५ स्वतन्त्र विद्यार्थी युनियन विन्दवासिनि संस्कृत क्याम्पस पोखराको सभापति निर्वाचित हुँदै विभिन्न माध्यम बाट जिम्मेवारीका साथ सगंठन निर्माणमा निरंतरता दिएका थिए ।

त्यस्तै २०६९ नेपाल विद्यार्थी संघ पर्वतको पहिलो कार्यकाल को सभापति हुँदै जिल्लामा नेतृत्व समालेका सुवेदी २०७१ नेपाल विद्यार्थी सघं पर्वतको १२ औ जिल्ला अधिवेशन वाट दोस्रो पटक नेपाल विद्यार्थी संघ पर्वत को सभापति मा निर्वाचित भएका थिए।

नेपाली काग्रेंस पर्वतको नर्सरीको रुपमा विद्यार्थी सघं पर्वत जिल्लाका सबै स्थानीय तहमा र माध्यमिक बिद्यालय तथा क्याम्पसमा नेपाल विद्यार्थी सघंलाई स्थापित गर्न सुवेदीले अग्रहणी भुमिका निर्वाह गरेको सबैमा परिचीत नै छ।

सुवेदिको बिचारमा दलभित्र युवाले आफ्नो उपस्थिति युवाका नाम मात्र नभै सबै पुस्ता लाई बिश्वास मा लिएर राजनैतिक बिचार र संघर्ष बाट अगाडि बढेर लिनुपर्दछ जसका लागि पर्वतमा आफ्नो नेतृत्वमा युवाहरु लाई हात मा हात मिलाएर हरेक तहमा कार्यकर्ता को भावना र चाहानानुसार स्थापित गर्दै लैजाने सुवेदिको सकंल्प छ।

पर्वतमा पार्टीको आन्तरिक संरचनामा खुला प्रतिस्पर्धाको वातावरण बनाउने, क्षमता, योग्यता र निरन्तरताका आधारमा नयाँ र ताजा अनुहारले पनि सिधै पार्टी नेतृत्वमा जान सक्ने राजनीतिक संस्कृतिको विकास गर्नेमा आफू लाग्ने युवा नेता सुवेदी अठोट छ।

अहिले त निराशाको अवस्था छ, न पुरानो नेतृत्वले युवाको भावनाको प्रतिनिधित्व गर्छ, न नयाँ पुस्ताले आफूलाई वैकल्पिक नेताका रूपमा स्थापित गर्ने बाटो रोजेको छ , त्यसैले आफु निरंतर शीर्षस्थ नेताहरूको अनुभवलाई सगै लिएर पर्वतका युवा एकीकृत गरि समृद्ध काग्रेंस बनाउने सुवेदिको रणनीति छ।

“अब देशलाई समृद्धिको यात्रामा अगाडि बढाउनका लागि शीर्षस्थ नेताहरुको सीप, अनुभव र युवा पुस्ताको जोश, जाँगर र आत्मविश्वासलाई एकै ठाउमा उभ्याउनु आवश्यक छ, त्यसका लागि पुरानो पुस्ताले सहज रूपमा नेतृत्व हस्तान्तरण गर्दै अभिभावकिय भूमिकामा बस्नुपर्छ र युवा पुस्ता सधैँ आलोचनामा अल्झिएर बस्नुको सट्टा नेतृत्व लिनका लागि हिम्मतका साथ अगि सरौ “सुवेदिले युवालाइ आव्हान गरेका छन।

सबै तहमा युवा पुस्ता को उपस्थिति बलियो पार्दै, जिल्ला देखि केन्द्र सम्म सबै युवालाइ एकजुट गराउदै नयाँ बिचार र कार्यदिशा दिने गरि अाम कार्यकर्ता को भावना अनुरुप नेपाली काग्रेंस अगि बढ्नु पर्ने पनि देखिन्छ । त्यसैले वाड वाड बाट युवा नेतृत्वहरुले हिम्मत गरौ,युवाहरुका मुद्दा,कांग्रेस प्रती आकर्षण गर्न सक्ने गरि आयामहरु बनाउदै प्रभावकारी भुमिका निर्वाह गर्न मेरो आग्रह छ सुवेदिले सामाजिक संजाल मार्फत पर्वतका कृयाशिल सदस्य तथा विशेष त युवाहरुलाइ आग्रह गरेका छन।

यो अहिलेको अधिवेशन पार्टीका लागि गरौ साथिमा लागि पछि सोचौला पार्टी प्रधान हो पार्टीको भविष्यको चिन्ता गर्ने बेला हामी साथिको मात्र चिन्ता गर्नुको अर्थ छैन भन्दै सबै युवालाई अनुशासित र जिम्मेवारिका साथ अगाडि वढ्न सुवेदी ले अनुरोध गरेका छन ।

उनले अगामी महाधिवेशनमा आफ्नो उम्मेदवारी समयको माग र विशेषत युवाहरूको चाहना अनुसार रहने स्पष्ट पारेका छन।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.