लुम्बिनी विकास कोषको ‘कामु’ लेखा प्रमुखमा नियम विपरित यादवको निरन्तरता

0
Quantam abroad studies

लुम्बिनी-लुम्बिनी विकास कोषले कायमु कायम (कामु) लेखा प्रमुख रहेका नवल किशोर यादवलाई नियम बिपरित कायमुकामु लेखा प्रमुखको जिम्मेवारीमा निन्तरता दिएको छ । २०७६ बैषाखमा लेखा प्रमुखमा बरिष्टताको आधार भन्दै जिन्सि फाँटका अधिकृत नवल किशोर यादवलाई विकासको कोषको व्यवस्थापन पक्षले टुपुक्क उठाएर कामु लेखा प्रमुखको जिम्मेवारी दिएको थियो ।
यादवलाई कामु दिदा नै विकास कोषको व्यवस्थापन पक्षले नियम विपरित फरक फाँटका कर्मचारीलाई आफु अनुकुल काम गराउन कामुको जिम्मेवारी दिएको गाई गुई हल्ला चले पनि विवाद बाहिर सम्म आएको थिएन् । तर व्यवस्थापन पक्षले विकास कोर्षको कर्मचारी सेवा, शर्त तथा सुविधा सम्बन्धी बिनयिमावली २०५८ को विपरित पक्षले पुनः यादवलाई नै निरन्तरता दिए पछी भने यस्मा स्वार्थ जोडिएको लुम्बिनी विकास कोषका एक पदाधिकारी बताउछन् । उनि भन्छन् ‘सबै उपाध्यक्ष र कोषाध्यक्षज्यूले भने अनुसार नै हुन्छ, उहाँहरुका अगाडी ऐन, कानुन नियम केही पनि कुनै सरोकार राख्दैन्’ उनले भने उपाध्यक्ष र कोषाध्यक्षले यादवलाई नै राख्ने भन्ने भन्नु भएको तर नियमले मिल्दैन् ।
लुम्बिनी विकास कोषको कर्मचारी सेवा, शर्त तथा सुविधा सम्बन्धी विनियमावली २०५८ को परिच्छेद ५ मा कुनै पनि कर्मचारीलाई कायमु कायम गर्दा बढिमा १ बर्ष सम्मको लागि मात्रै गर्न पाउँने व्यवस्था उल्लेख गरिएको छ । सो विषयमा विकास कोषका उपाध्यक्ष अवधेश कुमार त्रिपाठीले भने विकास कोषमा कर्मचारी अभाव रहेको एक बर्ष देखिनै विकास कोषले मन्त्रालय संग एक जना लेखा परिक्षकको माग गरेता पनि सो को पदपूर्ती नहुंदा अन्य फाँटका कर्मचारीहरुलाई पनि लेखामा जिम्मेवारी दिनु परेको जानकारी दिए । उनले भने ‘एक बर्ष देखि लेखा परिक्षकको पद पूर्ती नभए पछि बरिष्टताको आधारमा प्रशासन फाँटकाकै कर्मचारी नवल किशोर यादवलाई लेखा फाँट प्रमुखको जिम्मेवारी दिईएको छ, उहाँलाई लेखा अधिकृत भिम बस्नेत सघाई रहनु भएको छ ।’ तर नियम विपरित निरन्तरताको बारेमा भने उनले केही पनि बताएनन् ।
विकास कोषका एक कर्मचारीका अनुसार गत बैषाखका कामु लेखा प्रमुख भएका यादवलाई १ बर्ष पुग्न साथ जिम्मेवारी मुक्त गर्नु पर्ने हो तर पदाधिकारीहरुको कुनै स्वार्थले नियमको मिचाई गर्दै निजलाई नै निरतन्रता दिएको छ । उनले भने ‘यो नियम विपरित हो नै अर्को तर्फ यदि लामो समय सम्म अन्य फाँटको कर्मचारी लेखाको कामु प्रमुख राखी राख्न खोज्नु शंका जन्माउछ ।’
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलका प्रमुख भिष्म कुमार भुषालले भने कुनै पनि कार्यालय वा फाँट लामो समय सम्म कामु भरमा राख्न नहुने बताउछन् । उनि भन्छन् ‘कुनै पनि कार्यालय, बिभाग वा फाँट सके सम्म पुर्ण अधिकार सम्पन्न, उक्त विषयमा निर्णय लिन सक्ने अधिकारी संचालन गर्नु पर्छ भन्ने मान्यता हुन्छ तर कहिले काही जनशक्तिको अभाव केही समयलाई कायमु कायम दिन सकिन्छ सो बारेमा निजामती सेवा ऐनमा प्रष्ट रहेको छ ।’ उनले भने,
विकास कोषका सदस्य सचिव ज्ञानेन्द्र राईले कामुमा नवल किशोर यादवको जिम्मेवारी दिदा आफु पदाधिकारी नरहेको तर विकास कोषको नियमावली अनुसार एक वर्षमात्र कोही व्याक्तिलाई कामुको जिम्मेवारी दिन सकिने बताउछन् । आफुले विकास कोषको बैठकमा सो बारेमा जानकारी गराएका समेत बताए । उनले भन्छन् ‘एक वर्ष सम्म कायमु कायम राख्न पाईन्छ यो विकास कोषको नियमावली अनुसार नै छ तर त्यस पछिको निरन्तरता बारेमा चासो उठ्नु स्वभाविक हो । मैले यस बारेमा उपाध्यक्ष, कोषाध्यक्ष लगायतलाई पटक पटक भनेको छु, मन्त्रालय र अख्तियार दुरुपयोग अनुसंधान आयोगले बेला बेलामा कामु प्रमुखको बारेमा चासो राखेका छन् ।’ उनले भने, यसको बारेमा मैले यहाँ भन्दा अरु केही भन्न सक्दैन् ।
विश्वमा शान्तिका सन्देश फैलाउने गौतम बुद्धको जन्मस्थल लुम्बिनी जस्तो पवित्र राष्ट्रिय गौरवको क्षेत्रमा कर्मचारीहरुबाट भष्ट्राचार, अनियमितता भएका समाचारहरु बेला बेलामा आईरहेर आजित बनेको स्थानियहरु बताउछन् । अनियमितता र भष्ट्राचारलाई बढवा दिन, आफु अनुकुल काम गर्न, गराउन नियम विपरित एकै व्याक्तिलाई कामु लेखा प्रमुख राखेर काम चलाईरहन खोज्ने पदाधिकारीहरुलाई कारवाही गरेर लुम्बिनीको छवि विग्रनबाट जोगाउनु पर्ने स्थानियहरु भनाई छ ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.