अमृत भट्टराई- नेपाल विद्यार्थी सघं बिहादी गाउँ समन्वय समितिले गाउपालिकाको पेज को कुशल प्रयोग गर्न , एक टोल एक पिसिआर लागू गर्न, कोरोना कोषको रकम सार्वजनिक गर्न तथा शैक्षिक गतिविधि टप्पभएको प्रती चिन्ता व्यक्त गरेको छ ।
आज पालिका अध्यक्षला विभिन्न मुद्दालाइ समेट्दै ध्यानाकर्षण पत्र बुझाएको छ।
नेबिसघं बिहादीको ध्यानाकर्षण पत्र मा :
श्रीमान गापा अध्यक्ष ज्यु
बिहादी गापा गण्डकी प्रदेश ,पर्वत
बिषय: ध्यानाकर्षण सम्बन्धमा
नेपाल विद्यार्थी सघं स्थापना कालदेखि नै विद्यार्थीका हकहित , सामाजिक बिकृती र अनियमितता विरुद्ध अग्रपंक्तिमा रहे को सर्वबिदितै छ।
कोभिड – १९ को समयमा यस बिहादी गाउपालिका मा अग्रपंक्तिमा रहेर जिम्मेवारी निर्वाह गर्नुहुने जनप्रतिनिधिहरु ,सुरक्षाकर्मी व्यापारिहरु, चालकहरु र स्वास्थ कर्मीहरु हुनु उहाहरु प्रती सर्वप्रथम सम्मान गर्दछौ।
मिति २०७७ भदौ १० गते बिहादी गाउपालिकाको पिसिआर टेस्ट सम्बन्धमा बिहादी गाउपालिकाको आधिकारिक पेजबाट राणा र राजाको शासन शैलिमा आएको न्युनस्तरको नैतिकता हिन टिप्पणी प्रती हाम्रो ध्यानाकर्षण भएको छ । गाउपालिका को आधिकारिक पेज बाट यस्तो तल्लो हतको नैतिकताहिन टिप्पणी ब्यक्तिको पेज सरी पालिकाको आधिकारिक पेजबाट दिए पछि नागरिक लाई धम्की दिएको हाम्रो ठहर छ ।
सो बिषयमा बिहादि गाउपालिकाको आधिकारिक धारणा चाहन्छौ र दोषीलाई कार्वाहीको दायरामा ल्याउनु हुन अनुरोध गर्दछौ।
भाद्र १० गते भएको ११० जनाको पिसिआर जाच गरेर हजारौ बिहादि बासी नागरिकको वास्तविक अवस्था थाहा नहुने हाम्रो ठहर छ ,त्यसैले एक टोल एक पिसिआर धारणा अबलम्बन गर्न अनुरोध गर्दछौ।
त्यस्तै कोभिड १९को महामारीको अवस्थामा पालिका भित्र सम्पुर्ण शैक्षिक गतिविधि टप्पभएको प्रती हामी चिन्ता व्यक्त गर्दछौ । यसरी परिस्थिति लम्बिदै जादा शैक्षिक अभिरुचि खस्किन गइ वालवालिकाको बिद्यालय छाड्ने दर बृदी हुने सम्भावना देखिन्छ। त्यसैले गाउपालिकाले बिद्यालय, शिक्षक, विद्यार्थी , विद्यार्थी सगंठन र ब्यबस्थापन समितीसगं समन्वय गर्दै टोलटोलमा शिक्षक खटाउने, बिद्यालय जाने बालबालिका लाई शैक्षिक सामग्री पाठ्ययोजना लगायतका उपलब्ध गराउनु हुन अनुरोध गर्दछौ।
त्यस्तै कोभिड-१९ को समयमा यस गाउपालिकामा के कति रकम कुन कुन बिषयमा खर्छ भएको हो यथार्थ विवरण र महालेखा परिक्षण को प्रतिवेदन २०७६-०७७ समेत उपलब्ध गराइदिनु हुन अनुरोध गर्दछौ।
जय नेपाल
सभापति
हिम-लाल गिरी (पारस) उल्लेख गरिएको छ।