सरकारलाई कोरोना लगाएतका समस्याहरु अविलम्ब समाधान गर्न भन्दै ११ दलीय मोर्चाको चेतावनी (विज्ञप्तीसहित)

0
Quantam abroad studies

अरुणा मानन्धर , काठमाडौं सरकारलाई कोरोना संक्रमण लगाएत वर्तमान अवस्थामा देखिएका राष्ट्रियता, जनतन्त्र र जनजीविका सम्बन्धी समस्या हरुको समाधानमा अविलम्ब भूमिका खेल्न भन्दै ११ दलीय मोर्चाले माग गरेको छ ।

नेकपा (माओवादी केन्द्र) लगाएतका विभिन्न राजनीतिक दलहरु सम्बद्ध ११ दलिय मोर्चाले आज संयुक्त रुपमा प्रेस विज्ञप्ती जारी गर्दै त्यस्तो माग अघि सारेको हो । मोर्चाले सरकारलाई तत्काल देखिएका समस्याको समाधान नगरेमा आफुहरु सडकमा उत्रिन बाध्य हुने भन्दै चेतावनी समेत दिएको छ ।

मोर्चाले जारी गरेको विज्ञप्तिमा राष्ट्रियता, जनतन्त्र र जन जीविकाका विषयमा विभिन्न नौं बुँदे निर्णय तथा मागहरु प्रस्तुत गरिएको छ । विभिन्न पक्षका समस्याहरु र त्यसमा सरकारलाई समाधान उन्मुख भूमिका खेल्नका लागि सुझाव समेत पेश गरिएको छ ।

विज्ञप्तीमा कोरोना संकट, कृषि क्षेत्रको समस्या, बाढी पहिरो, जनताको खाने, बस्ने लगाएतको आधारभूत समस्याहरुमा तत्काल भूमिका खेल्न भनिएको छ । ११ दलको तर्फ बाट सीपी गजुरेलले उक्त विज्ञप्ती जारी गरेका हुन ।

विज्ञप्तीमा नेकपा गोपाल किराती (माओवादी केन्द्र) का अध्यक्ष, मोहन वैद्य ‘किरण’ महासचिव, नेकपा (क्रान्तिकारी माओवादी), मोहनविक्रम सिंह महामन्त्री, नेकपा (मसाल), सीपी मैनाली , महासचिव, नेकपा (माले), चित्रबहादुर केसी अध्यक्ष, राष्ट्रिय जनमोर्चा, सीपी गजुरेल अध्यक्ष देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल , लोकनारायण सुवेदी, सह संयोजक , नेकपा , सुभासराज काफ्ले, अध्यक्ष, जनसमाज वादी पार्टी, नेपाल, साध्यबहादुर भण्डारी, राष्ट्रिय जनजागरण परिषद् नेपाल, केदारचन्द्र शर्मा, महासचिव, नेकपा (संयुक्त) र गुणराज लोहनी, संयोजक, राष्ट्रिय जागरण मञ्च
ले हस्ताक्षर गरेका छन ।

उक्त विज्ञप्ती मार्फत ११ दलिय मोर्चाले एमसीसी सम्झौता खारेजी गर्न, नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा जोडिएको नक्साको व्यवहारीक कार्यान्वयन गर्न र सबै खाले समस्यालाई समाधानमा ध्यान दिन चेतावनी सहितको माग राखेको देखिन्छ । बाँकी विज्ञप्तीको पूर्णपाठ यहाँ प्रस्तुत गरिएको छ…

मितिः २०७७ भाद्र ११ गते

११ दलीयसंयुक्त मोर्चाको विज्ञप्ती

राष्ट्रियता, जनतन्त्र र जन जीवीका सम्बन्धी विभिन्न विषयका साथै सरकारले लिएको कतिपय गलत निर्णय र क्रियाकलाप का विषयमा संघर्ष गर्दै आएका हामी ११ दलको नेतृत्वले आपसमा छलफल गरी निम्नप्रकारका निर्णयहरु लिएका छौं । उक्त निर्णहरुलाई सार्वजनिक गर्नका लागि यो संयुक्त विज्ञप्ती जारी गरेका छौं ।

१. मोहनविक्रम सिंह, महामन्त्री, नेकपा (मसाल)
२. मोहन बैद्य किरण, महासचिव, नेकपा (माओवादी केन्द्र)
३. सीपी मैनाली, महासचिव, नेकपा (माले)
४. चित्रबहादुर केसी, अध्यक्ष, राष्ट्रिय जनमोर्चा
५. सी.पी. गजुरेल, अध्यक्ष देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल
६. लोकनारायण सुवेदी, सहसंयोजक, नेकपा
७. गोपाल किराती, अध्यक्ष, नेकपा (माओवादी केन्द्र)
८. सुभासराज काफ्ले, अध्यक्ष, जनसमाजवादी पार्टी, नेपाल
९. साध्यबहादुर भण्डारी, राष्ट्रिय जनजागरण परिषद् नेपाल
१०. केदारचन्द्र शर्मा, महासचिव, नेकपा (संयुक्त)
११. गुणराज लोहनी, संयोजक, राष्ट्रिय जागरण मञ्च

निर्णयहरुः
१. कोभिड १९ को विषयमा

sahani furniture udyog

(१) कोभिड १९ को रोकथाम र नियन्त्रणका लागि हामीले, अन्य पार्टीले र स्वास्थ्य सम्बन्धी विज्ञहरुले दिएको सुझावहरु लाई सरकारले उपेक्षा गरेकै परिणामस्वरुप आज राजधानी लगाएत देशका विभिन्न भागमा कोरोना भाइरसले महामारी को रुप लिएको छ । यस स्थितिमा निम्न अनुसारका कामलाई अविलम्ब लागु पर्न हामी सरकारसँग जोडदार माग गर्दछौं । १) कन्ट्याक्ट ट्रसिङ र परीक्षणको कामलाई व्यापककता र तीव्रता दिने । २) कोरोना भाइरसको आइसोलेसनको तुरुन्त व्यवस्था गर्ने । ३) संक्रमित सबैलाई मापदण्ड अनुसारको आइसोलेसनको तुरुन्त व्यवस्था गर्ने । ४) होमआइसोलेसनमा बस्नेका लागि औषधी, चिकित्सक र नर्सको व्यवस्था गर्ने । ५) आइ. सी. यु. तथा भेण्टिलेटरको प्राविधिक सहित पर्याप्त मात्रामा व्यवस्था गर्ने । ६) विदेशबाट आउनेहरु सबैलाई क्वारेन्टाइन र आइसोलेसन मा राखेर मात्र घर पठाउने । ७) विदेशमा अलपत्र परेका नेपालीहरुलाई उद्दार गरेर सरकारी खर्चमा देशभित्र ल्याउने व्यवस्था गर्ने ।

२. श्रमिक र विपन्नहरुको व्यवस्थापनबारेः

कोरोना भाइरस महामारीका रुपमा फैलिएको हुनाले सरकार ले धेरै जसो जिल्लामा निषेधाज्ञा लागु गरेको छ । यसबाट श्रमिकहरुले काम गर्न नपाएर परिवारहरुको विचल्ली भएकाले उनीहरुो अविलम्ब बस्ने, खाने व्यवस्था गरियोस् । यसका साथै आय नभएका र विचल्लीमा परेका विद्यार्थीहरु को समेत खाने, बस्ने व्यवस्था मिलाइयोस् । यसमा हुने गरेको भ्रष्टाचार तुरुन्तै नियन्त्रण गरी भ्रष्टाचारीहरु माथि कारबाही गरियोस् ।

३. खाद्यान्न, तरकारी र दैनिक उपभोगय वस्तुहरुको असिमित अरुपमा मूल्य बृद्धी गरिएको छ । यस माथि नियन्त्रण गरी सुलभ गरियोस । तरकारी बजारमा स्वास्थ्य सम्बन्धी नियम लाई कडाइएपूर्वक पालना गराइयोस् ।

४. समयमा बर्षा हुनाको कारण यस बर्ष ९७ प्रतिशत जमिन मा रोपाई हुनु खुसिको कुरा हो । तर समयमा रासायनिक मलको अभावक कारण किसानको लगानी समेत गुम्ने खतरा भएको हुनाले किसानहरुलाई सुपथ र कम मूल्यमा रासायनिक मल स्थानीय रुपमा अविलम्ब उपलब्ध गराइयोस ।

५. सरकारका महत्वपूर्ण निकायमा भएका बद्नाम र विवादास्पद विचौलियाहरुको र वरिष्ट मन्त्रीका अयोग्य नातेदारहरुको नियुक्ति खारेज गरियोस् । अब आइन्दा यसप्रकारका कृयाकलाप नगरियोस् ।

६. नेपालको भूभाग सहितको नक्शा जारी गर्नु सकारात्मक काम हो । उपरोक्त भूभाग माथि दावी स्थापित गर्नका लागि यसलाई अन्तर्राष्ट्रियकरण गर्ने, नेपाली सेनालार्य सिमानामा तैनाथ गर्ने, भारत सँगको सिमानामा तारवार लगाउने जस्ता कामहरुलाई अविलम्ब बघि बढाइयोस् ।

७. अमेरिकी सरकारको एम.सी.सी सँग विगतमा गरिएका सम्झौता खारेज गरियोस् ।

८. बाढी पहिरोले किसानको जनधनको ठूलो क्षति भएकोमा हामी त्यसप्रति गहिरो चिन्ता व्यक्त गर्दछौं र सरकारले पीडित र विचल्लीमा परेका बाढी पहिरो पीडित परिवारको खाने, बस्ने र औषधोपचार गर्ने व्यवस्था तदारुकताका साथ मिलाईयोस् भन्ने जोडदार माग गर्दछौं । र जोखिममा रहेका वस्तीहरुलाई सुरक्षित स्थानमा सार्न प्रवन्ध मिलाईयोस भन्ने माग गर्दछौं ।

९. कृषिमा मलको अत्यन्त अभाव भएको हुनाले त्यस बाट कृषि उत्पादनमा ठूलो क्षति पुग्ने खतरा देखिएको छ । त्यसकारण रासायनिक मलको शिघ्र पूर्तिको व्यवस्था गर्नका लागि माग गर्दछौं ।

हामीले शान्तिपूर्ण रुपमा राखेका मागहरुलाई अविलम्ब पुरा गरियोस् भनी सरकार समक्ष प्रस्तुत गर्दछौ । अन्यथा हामी कडा संघर्षमा उत्रन बाधय हुने कुरा पनि जानकारी गराउन चाहन्छौं ।

अभिवादन सहित !
सी.पी. गजुरेल
(११ दलको तर्फबाट)

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.