पटक पटक कर्मचारी सरुवा नगर्न ध्यानाकर्षण गराउदै प्रदेश २ का कृषि मन्त्रालयको पत्र

0
Quantam abroad studies

जनकपुर , भदौ १२

प्रदेश २ का कृषि मन्त्री शैलेन्द्र प्रसाद साहले संघिय मन्त्रीलाई पत्र लेख्दै आक्रोश ब्यक्त गर्नु भएको छ । पुन मन्त्रालयमा सचीव सरुवा भएपछि मन्त्री साहले केन्द्र सरकारलाई छिनछिनमै सचिव सरुवा नगर्न आग्रह गर्दै पत्र लेख्नु भएको हो।

दुइ बर्षम मन्त्रालयका ६ जना सचिवको सुरुवा भैसकेको उल्लेख गर्दै प्रदेश दुइ को कृषि मन्त्री शैलेन्द्र साहले संघीय मामिला तथाब समान्य प्रशासन मन्त्रीलाई पत्र लेख्दै सरुवा स्थगन गर्न मांग गर्नु भएको छ।

संघीय ब्यवस्था अनुसार प्रदेश २ मा सरकार गठन भएयता कर्मचारी ब्यवस्थापनमा तथा परिचालनमा संघीय सरकार उदासीन रहेको र हेलच्क्राइ गरेको आरोप समेत पत्रमा लगाइएको छ ।

sahani furniture udyog

प्रदेश २ को भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको सचिव विमल निर्मलको सरुवा भई नयाँ सचिवको रुपमा डा. सम्झना काफलेलाई पठाए पछि मन्त्री शैलेन्द्र प्रसाद साहले संघिय मन्त्रीलाई पत्र लेखेका हुन । उहाँले तिन तिन महिनैमा यसैगरी सचिव लगायत कर्मचारी सरुवा हुदा आफुहरु कृषकलाइ भने जस्तो सेवा सुबिधा दिन नसकेको दुखेसो पोख्नु भयो ।

आफुहरुले कुनै कृषि क्षेत्रको बिकासको लागि कुनै कार्य योजना तयार गरि काम शुरु गर्ने बित्तिकै कर्मचारी सरुवा हुँदा सम्पुर्ण कार्ययोजना प्रभावित भैरहेको हुँदा पटक पटक सचीव सरुवा नगर्न अनुरोध गर्नु भएको छ ।

निजामती ऐन २०४९ को दफा १८ ले कर्मचारी सरुवा सम्बन्धि निश्चित मापदण्ड र सिद्धान्त प्रतिपादन गरेको उल्लेख गर्दै यसरी प्रदेश संग कुनै समन्वय नगरि पटक पटक कर्मचारी सरुवा गर्नाले मन्त्रालयको कामकाज निषफल र निषप्रभाबि भैरहेको स्मरण गराउदै ध्यानाकर्षण गराउन मन्त्री साहले संघीय मामिला तथा प्रशासन मन्त्रालयलाइ उक्त पत्र लेखनु भएको हो।

बिगतमा पनि यस विषयको बारेमा औपचारिक र अन – औपचारिक रुपमा मन्त्रालय एवम् स्वयंम मन्त्री ज्युलाइ अवगत गराएको मन्त्री साह ले पत्रमा उल्लेख गर्नु भएको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.