पर्वतको बिहादी गाउँपालिकामा गरिएको कोरोना परिक्षणको रिपोर्ट सबैको नेगेटिभ आएको छ ।

0
Quantam abroad studies

अमृत भट्टराई / बिहादी ,पर्वत ।

पछिल्लो समय देशका विभिन्न जिल्ला र विभिन्न समुदायमा कोरोना भाइस देखिदै गएपछि पर्वतको बिहादी गाउँपालिका मा पनि बुधबार समुदायका ११० जनाको PCR स्वाब संकलन गरि प्रयोगशाला पोखरामा परिक्षणको लागि पठाएको थियो । शनिबार प्रयोगशाला पोखरामा बाट आएको जानकारी अनुसार बिहादी गाउँपालिकाका सबै ११० जनाको कोरोना नेगेटिभ आएको बिहादी गाउँपालिका स्वास्थ शाखा प्रमुख हरि भुसालले जानकारी दिए ।

भुसालका अनुसार समुदाय स्तरमा कोरोना छ छन् भनेर थाहा पाउन काली बिहादी गाउँपालिकाका जनप्रतिनिधि , स्वास्थ्यकर्मी , सवारी चालक , बैंकका कर्मचारी , सुरक्षाकर्मी , व्यापारी गरी पुरुष ९९ र महिला ११ को स्वाव संकलन गरि प्रयोगशाला पोखरामा परिक्षणका लागि पठाइएको थियो। सबैजना को रिपोर्ट नेगेटिभ आएको हो ।

अहिलेसम्म पर्वत जिल्लामा १०८ जना कोरोना संक्रमित देखिएका छन् भने बिहादी गाउँपाकिकामा मात्र ५ जना रहेका छन् ।

शुद्दोधन गाउपालिका
कपिलवस्तु साझेदारि बन ब्यवस्थापन समिती
शुद्दोधन गाउपालिका २
Leave A Reply

Your email address will not be published.