प्रहरीकाे स्ट्रिंग अप्रेशन सफल हत्यारा पक्राउ ,

0
Quantam abroad studies

उत्तम कुमार थापा, दार्चुला

दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर २ का वडा सदस्य सुमन वडले इलाका प्रहरी कार्यालय गोकुलेश्वरमा ४ः३० बजे फोन गरेर भने, हसिया प्रहार गरि एक जना गम्भीर घाइते भएका छन्, अवस्था खतरा छ ।

छिट्टै अस्पताल लिनुपर्ने छ घाइतेलाई । हसियाँ प्रहार गरि पूरै गर्धन छिनाल्ने गरि प्रहार भएको छ । यो खबर सुनेका थिए, प्रहरी निरीक्षक खगेन्द्र साउँदले । त्यहि दिन इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी निरीक्षक साउँद अन्य दुई वटा थप घट्नास्थल पुगेर फर्किनुभएको थियो ।

लगत्तै इप्रका गोकुलेश्वर गाडी लिएर प्रहरी निरीक्षक साउँद घट्नास्थल हानिए । तर बाटोमा पहिरो गएको रहेछ, गाडी माथि जान सकेन् । थप जीप खोजेर साउँद घट्नास्थल पुगे । घाईतेलाई हतार हतार गाडीमा राखेर गोकुलेश्वर पठाए । घट्नास्थल हेरे , त्यहाँ दिउँसो ३ बजे घट्ना घटेको रहेछ ।

स्थानीय व्यापारी रहेका शैल्यशिखर २ का ३४ वर्षीय गंगादत्त भट्ट भनिने गोविन्द भट्टले सोहि ठाउँ बस्ने ४५ वर्षीय शेर बहादुर चन्दलाई धारिलो हसियाँ प्रहार गरेका थिए । मदिराको पसल सञ्चालन गरेका भट्ट खसी बाख्रा पनि काट्ने गर्थे । खसी काट्ने हसियाँ नै चन्दको घाटि र टाउँकोमा प्रहार गरे ।

उस्तै प्रहरीलाई डेढ घण्टा ढिलो गरि घट्ना बारे जानकारी आएको थियो । घट्नास्थल पुग्दा सम्म झन ढिलाई हुन गयो । घट्ना स्थलमा दुई जना प्रत्यक्षदर्शी रहेछन्, जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपी पदम बहादुर विष्टले भन्नुभयो, प्रत्यक्षदर्शी एक जना बृद्ध छन्, । खसी काट्ने हसिँयाले गर्धनमा हिर्काए पछि उनी त्यहि ढले । प्रत्यक्षदर्शी पनि रुदै भागे ।
गाउँमा खबर भयो । वडा सदस्य पुग्दा वडले प्रहरीलाई खबर गर्नुपर्छ भनेपछि मात्रै यो खबर बाहिरियो । घट्ना स्थलमा घाईते भएका चन्दलाई तत्काल अस्पताल पठाए पनि अस्पताल पुग्दा मृत घोषित भएका थिए ।

प्रहरीले पूरै वडा तथा, जोडिएका स्थानीय तह, र छिमेकी जिल्ला बैतडी बझाङसम्मको नाकामा निगरानी गर्न प्रहरीलाई सञ्चार गर्यो । फरार रहेका भट्ट खोज्न इलाका प्रहरी कार्यालय गोकुलेश्वर बाट खगेन्द्र साउँद, नौगाड गाउँपालिका प्रहरी चौकीका असई भुवन चन्द र इलाका प्रहरी कार्यालय लटिनाथका प्रहरी निरीक्षक कमल विष्टको टोली खटियो ।

त्यो बाहेक सबै क्षेत्रका प्रहरी चौकीलाई हाइ अलर्टमा राखियो । भट्टले चमेलिया नदी पार गरेर भारत पस्न नपाओस् भन्नको लागि सबै तिर सुरक्षाकर्मीको सतर्कता बढायौं जिल्ला प्रहरी कार्यालय दार्चुलामा पत्रकार सम्मेलन गर्दै डिएसपी विष्टले भन्नुभयो । प्रहरीले घट्नास्थल पुगे देखि नै पूरै वडाभरी को वस्तीमा निगरानी बढायो । मकै बारी, घर तथा गोठहरु मा निगरानी गर्यो ।

रातभर त्यहि वस्तीमा बसेर प्रहरीले भट्टको खोजी गरेपनि उनी त्यहाँ फेला पर्न सकेनन् । घट्नाको प्रत्यक्ष निगरानी गरेका इप्रका गोकुलेश्वरका प्रहरी निरीक्षक साउँदले जिल्ला प्रहरी प्रमुख डिएसपी पदमबहादुर विष्टलाई फोन गर्दै भन्नुभयो , सर म यो हत्यारा नसमातेर यहाँ बाट फर्किदैन्, महिनौ दिन लागेपनि यहि क्षेत्रबाट नियन्त्रणमा लिएर आउँछु, उहाँले आदेश माग्नुभयो । डिएसपी विष्टले पनि उहाँले भने जस्तै ल ठिक छ, जसरी पनि नियन्त्रणमा लिनु, इप्रका हेर्ने गरी बरु जिल्ला बाट सइ पठाइ दिन्छौ, चिन्ता नलेउ उहाँले जवाफ फर्काउनुभयो ।

रातभरी गाउँभरी, तथा भट्ट जान सक्ने सम्भावित ठाउँहरुमा खोजी गरेपनि भेटिएनन् । तै पनि प्रहरी थाकेन् । स्थानीयस्तर मा सुराकी परिचालन गरि गाउँ भन्दा माथिको जंगल छेउ गएको हुने सक्ने भन्दै प्रहरीको अनुसन्धान र खोजी कार्य त्यसतर्फ केन्द्रीत भयो ।

शुक्रबार बिहान १०ः१५ बजेको समयमा गाउँ भन्दा ३।४ घण्टा माथि पर्ने तारुली जंगल बाट भागिरहेको अवस्थामा प्रहरीले भट्टलाई नियन्त्रणमा लिन सफल भयो । प् हरीले आरोपित भट्टलाई नियन्त्रणमा लिएर मुद्धा दर्ता गराएको छ । उनी विरुद्ध जघन्य अपराध अन्तर्गत नै मुद्धा दर्ता गरिएको छ । हामी जघन्य अपराध अन्तर्गत बढिभन्दा बढि माग दाबी सहित मुद्धा लिन्छौ , बाकी त अदालतले गर्ने हो फैसला डिएसपी विष्टले बताए ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.