सुनसरीको ज्ञानोदय आधारभुत विद्यालयमा अनियमितता भएको आरोप

0
Quantam abroad studies

गणैश यादव , भदौ १५

सुनसरी सदरमुकाम इनरुवा ४ मा रहेको ज्ञानोदय आधारभुत विद्यालयमा अनियमितता भएको आरोप बाहिर आएको छ । विद्यालयमा भौतिक पूर्वाधार कार्यक्रम अन्तरगत झण्डै १२ लाख रुपैयाको अनियमितता भएको आरोप बाहिर आएको हो ।

आर्थिक वर्ष २०७६ । ०७७ मा भौतिक पूर्वाधार कार्यक्रम अन्तरगत अनुदान र उपभोक्ता सहभागिता गरि १२ लाख ३७ हजार ५०० रुपियाँ बजेट सासद विकास कार्यक्रम बाट आएको बजेटमा भवन निर्माण गर्ने नाममा योजना अनुसारको काम नगरी अनियमितता भएको आरोप बाहिर आएको छ । विद्यालयमा भवन निर्माण गर्न बनाइएको उपभोक्ता समितिका अध्यक्ष लोमस मेहताले प्राप्त लागत इस्टिमेट बमोजिम कार्य सम्पन्न नगरेको र योजानमा भएको ढोका चौकठ लगायतका सामग्री प्रयोग नगरेकाले ११ लाख रुपियाँ निकासा भएको र एक लाख ३७ हजार ५०० रुपिया र्फिज गरेकाले आवश्यक कार्वाहीको माग गर्दै इनरुवा नगरपालिकामा समेत उजुरी गर्ने तयारी गरेको छ ।

sahani furniture udyog

यता विद्यालयका प्रधानाध्यापकलाई उजुरी गर्दै भौतिक पूर्वाधार कार्यक्रम अन्तरगत झण्डै १२ लाख रुपैयाको अनियमितता गर्ने समितिका अध्यक्ष लोमसलाई कार्वाहीको माग गरेको थियो । त्यसको सुनुवाई नभएको अभिभावकको आरोप रहेको छ । विद्यालयमा काम भन्दा कागजी घोडामा लागेर काम गरेपछि विवाद बाहिर आएको अभिभावक शंकर सदाले बताउनुभयो । उपभोक्ता समितिका अध्यक्ष लोमस सहित सचिव सन्तोश मेहता समेतले भौतिक पूर्वाधार कार्यक्रम आर्थिक अनियमितता गरेको अर्का अभिभावक मस्तकिन मियाँले आरोप लगाउनुभयो ।विद्यालयका प्रधानाध्यापक बुधसागर मेहताले उजुरी आएको त्यस विषयमा थप छलफल गर्नका लागि विद्यालय व्यवस्थापन समितिमा पेश गर्ने प्रतिकृया दिनुभयो ।

कार्वाहीको माग गर्दै ३३ जना अभिभावकहरुले भदौ १४ गते विद्यालयमा उजुरी गरेका थिए । अनुगमन समितिका सदस्य बेचु मेहताले प्रभावकारी काम नभएको प्रतिकृया दिनुभयो । निर्माणको काममा गुणस्तर नगरेको , झ्याल चौकस समेत योजना अनुसार नगरेको बताउनु भयो । मजदुर राखने र योजना अनुसारको काम गर्ने विषय अपारदर्शिता रहेको मेहताको भनाई छ । अनुगमन समितिका सदस्य बेचु मेहताले प्रभावकारी काम नभएको प्रतिकृया दिनुभयो ।

निर्माणको काममा गुणस्तर नगरेको , झ्याल र चौकस समेत योजना अनुसार नगरेको बताउनु भयो । मजदुर राखने र योजना अनुसारको काम गर्ने विषय अपारदर्शिता रहेको मेहताको भनाई छ । अनुगमन समितिका अर्का सदस्य बौवालाल मेहताले ढिलो काम भएको र केही काम बाकी रहेको प्रतिकृया दिनुभयो ।

Leave A Reply

Your email address will not be published.