रुपन्देही , लुम्बिनी
अहिले पुरै बिश्वको ब्यक्तिको मन मस्तिष्कमा खेलिरहेको एक मात्र नाम हो कोभिड – १९ यानि कोरोना भाइरस। यसै कोरोना महामारी बाट बिश्व पीडित भएका बेला नेपाल पनि अछुतो रहन सकेन यहाँ पनि कोरोना निरन्तर बढदै गइरहेको अवस्था छ भने यस्को रोकथामको लागि पहिले सम्पुुर्ण देशनै लकडाउन गरिको थियो ।
बिचमा केहि दिनलाइ मात्र लकडाउन खुल्ला त भयो तर जनतालाइ बैंकको ब्याज , कर तिर्ने लगायतको समस्याले चिन्तित बनाउन थाल्यो । मान्छे गिरेको आर्थिक अवस्था लाइ सुधार गर्ने विकल्प खोजिरहेका थिए तर देशका विभिन्न भागमा एका एक पुन लकडाउन हुन पुग्यो ।
यसै लकडाउनको चपेटामा भगवान् गौतम बुद्धको जन्मभूमि लुम्बिनी पनि पर्यो । लुम्बिनी क्षेत्रमा रिक्सा चलाउने , स – साना ब्यवसाय गर्ने , मजदुर ,गाइड लगायतका ब्यक्ति पर्यटन ब्यवसाय बाट जिविकोपार्जन गर्दै आइरहेका थिए। तर लकडाउनले गर्दा पर्यटन ब्यवसाय तहसनहस भैसकेको अवस्था छ र यस बाट पर्यटन क्षेत्रमा काम गर्ने मजदुर सबै भन्दा धेरै पीडित भएका छन् ।
त्यहीँ पीडित मजदुरको पिडालाइ कम गर्ने प्रयासमा छन् लुम्बिनीका स्थानीय युवा समजसेवि ओमकार पाण्डे । पाण्डे कोरोना भाइरस बाट समाजलाइ बचाउन जागरुकता फैलाउदै निरंतर समजसेवामा लागेका छन् । उनिलाइ आफै गाउँ गाउँ चोक चौराहा तिर सचेतना मुलक संदेश रहेको पर्चा पम्पलेट टसिरहेको देख्न सकिन्छ ।
जागरूकता फैलाउने काम त छदै तर उनि लुम्बिनीमा पर्यटन ब्यवसाय ठप्प भएर पीडित भएका लुम्बिनीका रिक्सा चालक , मजदुर र असाहाय पीडितलाइ स्वयंले राहत प्रदान गर्ने काम पनि गरिरहेका छन् ।
चामाल , नुन तेल , तरकारी लगायतका सामाग्री पीडितको घरमै पुगि बितरण गर्दै जागरुकता फैलाउने कामलाइ पनि पाण्डे ले निरंतरता दिएका छन् ।
उनको भनाइ अनुसार गौतम बुद्ध को पावन जन्मभुमि लुम्बिनीमा बाल्यकाल बितेको छ र बुद्ध का उपदेश सुन्दै हुर्केको युवा हु। मानवता र परोपकार भन्दा ठुलो यस संसारमा केहि छैन र हुनेले नहुनेलाइ सकदो सहयोग गर्नु पुन्यको काम हो । त्यसैले म निरंतर समाजका गरिब दुखिको सेवा गर्ने प्रयास गरि रहने छु ।
हाल ओमकार पाण्डे नेपाल जनता पार्टीका प्रदेश ५ को युवा मोर्चा अध्यक्ष समेत हुन ।