रौतहट , भादौ १६
विश्व हिन्दू परिषद नेपाल रौतहटको जिल्ला कार्य समितिको आयोजनामा हनुमान मन्दिरका संत श्रीराम साह को हत्या भएको स्थलमा श्रद्धाञ्जली एवं प्रथना सभा सम्पन्न भएको छ। उक्त सभामा संतहरु भजन कृतन गर्दै भगवान् संग हत्या गरिएका सन्त श्री राम साह को आत्माको चिर शान्तिको कामना गरिएको थियो ।
उक्त सभा मा बोल्दै बिहिप का रौतहट कार्य समिति अध्यक्ष अलोक पाण्डे ले यो संत हत्या सुनुयोजित ढङ्ग बाट गरिएको हो भने सरकार यस घटना प्रति गम्भीर रहेको आरोप लागएका छन् । पाण्डे ले प्रदेश र संघीय सरकार ले दोषीलाइ तत्काल कानुनि दायरामा ल्याइ कारबाही नगरे आफुहरु बाध्य भएर संत हत्याको बदला लिन मैदानमा उत्रिने बताएका छन् ।
उक्त सभामा उपस्थित परिषदका कर्याकर्ता ले हत्या गरिएका संत श्री राम साह को हरेक रगतको थोपाको बदला लिने भन्दै सामूहिक संकल्प समेत लिएका छन् ।
यसैगरी परिषदका जिल्ला सचिव अनुज झा ले प्रदेश २ मा हिन्दु बिरोधि गतिविधि बढेको भन्दै चिन्ता व्यक्त गरेका छन् । सचीव झा ले प्रदेश र देश मा गौहत्या , संत हत्या , राष्ट्रिय झन्डा जलाउने , मठ मन्दिरको जग्गा कब्जा र तोडफोड को घटना बढदै गएको प्रति गम्भीर ध्यानाकर्षण गराउदै अब हिन्दु समाज नजागे अस्तित्व खतरामा पर्ने चेतावनी दिएका छन् ।
उक्त सभा मा उपस्थित सम्पुर्ण जनमानसले त्यहाँ आयोजित भणडारा को प्रसाद ग्रहण गरि संत श्री राम साह को आत्माको चिर शान्ति को कामना गरेका थिए । उक्त सभामा परिषदका नेता कार्यकर्ता , सन्त समाज , स्थानीय जनसमुदाय को बाक्लो उपस्थिति रहेको थियो ।