![Quantam abroad studies](https://smnewsonline.com/wp-content/uploads/2022/06/Quantum-Studie-1.gif)
नविन यादव , भदौ १६
सप्तरी जिल्लाको हनुमाननगर कंकालनी नगरपालिकामा भादौ १६ गते मंगलबार युवा , विद्यार्थी द्वारा हनुमाननगर कंकालनी नगरपालिका वाड नं १ मा ३० परिवारलाई राहत वितरण गरिएको छ।
उत्त राहत वितरण कार्यक्रम श्रेर्या मिश्राको अगुवाइमा भएको छ। हनुमाननगर कंकालनी नगर पालिका वाड नं १ मा अति गरिब विपन परिवारहरहरूको आर्थिक अवस्था हेरेर ३० घर धुरीलाई बिभिन्न खाद्यान्न सामग्रीहरू बितरण गरिएको राजबिराजको युवा समाजसेवी सत्येन्द्र यादबले जनकारी दिनुभएको छ।
कोभिन्ड १९ को ( कोरोना ) कारण लकडाउनमा गरिब, अतिबिपन्न , मजदुरी गरेर गुजारा चलाउने ब्याक्तीहरूको दिन प्रति दिन आर्थिक अवस्था संकटमा परिरहेको हुनाले उक्त संकटमा रहेको परिवारको अवस्था हेरी आफ्नो निजी लगानीमा युवा, विद्यार्थीहरु द्वारा हनुमाननगर कंकालनी नगरपालिका वाड नं. १ मा ३० घरधुरी मा राहत वितरण गरिएको हो।
उक्त राहतमा चावल १५ केजी, दाल २ केजी, खाने तेल १ केजी , नुन २ केजी, बिस्कुट १ पोका, सोयामीन २५० gm , साबुन ३ पिस, माक्स ५ पिस ,सेनिटाईजर १ पिस लागायतको सामग्रीहरू बितरण गरिएको हो।
उक्त राहत बितरण कार्यक्रममा श्रेया मिश्रा, सत्येन्द्र यादव, प्रभास यादव, प्रनेया मिश्रा , नितेश यादव, ईश्वर चौधरी, अभिनाश यादव लगायत युवा विद्यार्थीको सहयोग एवम् उपस्थिति रहेको थियो ।
![sahani furniture udyog](https://smnewsonline.com/wp-content/uploads/2024/12/38d1039e-38ba-4221-8c89-4a13cceff9f8.jpeg)