उत्तम कुमार थापा , दार्चुला
सुदुरपश्चिम प्रदेशको दार्चुला जिल्ला र धारर्चुल्लाकाे सम्वन्ध मा प्रश्नवाचक चिन्ह लागेको छ ।
सुदुरपश्चिम प्रदेशकाे दार्चुला जिल्लामा रहेकाे महाकाली नदिकाे मुल झाेलुङ्गे पुलमा ताला लागेपछि यस्तो अवस्था अाएकाे स्थानीयहरुकाे भनाइ छ । विश्व काेभिड १९ सँग लडिरहेको समयमा नेपाल भारत सम्बन्ध नेपाली जनताको अावत जावतमा समस्या देखापरेको पाईन्छ ।
दार्चुला जिल्ला र धारर्चुल्लाकाे सम्बन्ध सिमाना जाेडिएकाे नजिकैको नाता र एउटै धुरी जस्तैः सुमधुर सम्वन्धकाे रुपमा लिन सकिन्थ्यो । अहिलेकाेरनाले गर्दा सम्वन्धमा समस्या देखा परेको पाईन्छ । महाकाली नगरपालिका स्थित रहेकाे काेरनाले गर्दा मुल ढाेका रहेकाे झाेलुङ्गे पुलमा दुवै तिर वाट ताला लगाएर सुरक्षाकर्मी राखिएको हाे ।
नेपालकाे दार्चुला र भारतकाे धारर्चुल्ला भनेको मृत्यु पुजाअाजा, व्रत साङ्गे , सबै ठाउमा पुजाआजा एकै मान्ने चलन रहेकाे र एउटै घरकाे धुरि जस्तै सम्बन्ध रहेकाे र ईण्डिया र दार्चुलाकाे दिदीबहिनी माईति पाेईलि जस्तो रहेकाे उताकाे छाेरी बहिनी नेपाल नेपालको छाेरी बहिनी धार्चुल्ला भएको स्थानीय स्थानीय ईश्वरी दत्त बडुले बताए ।
उनले भने, दार्चुला जिल्ला बाट भारत जाेडिने पाच वटा झाेलुङ्गे पुल रहेकाे थियाे अहिले विश्वव्यापी रुपमा फैलिएको काेरनाले दुवै तिर बाट ताला लागेकाे हुदा नेपाल र भारत दुवै देशलाई घाटा भएको हाे । सबैभन्दा नजिकैको जिल्ला दार्चुला रहेकाे हुदा अहिले सम्वन्धकाे हिसाबले धारर्चुल्ला र दार्चुलाका धेरै विवाह माईति घर पाेइलि घर अाउन जान सारै समस्या भएको छ । यति मात्र हैन दिनानुदिन हजारौंको सँख्यामा धार्चुल्ला सम्म पुग्ने सामाग्री खाद्यान्न उतै बाट नेपाली ले ल्याउने गरेका थिए भने अहिले महङगीकाे मार्मा खेप्नु परेकाे स्थानीयहरुकाे भनाइ छ ।
दार्चुला जिल्लामा ९ वटा स्थानीय तहहरु रहेका छन जसमा २ नगरपालिका र ७ वटा गाउँपालीका रहेकाे याे जिल्लामा अहिले खाद्यान्न ,र दैनिकी प्रयाेगमा अाउने अन्य सामाग्रीहरु चर्काे मुल्यमा किन्न बाध्यता भएको बडुकाे भनाइ छ । काेरनाले गर्दा जिल्ला जाेडिएकाे नाकाकाे झाेलुङ्गे पुलमा भने चैत्र ११ गते देखि ताला लगाएकाे हाे , अापत्कालिन भए केही समय खुला हुने गरेको पनि स्थानीयले बताए ।