फूल सम्झन्छु सुवास सम्झन्छु
हजुरलाई म त खास सम्झन्छु डाह गर्लान्,
जून ताराहरु ले हजुरलाई नै आकाश सम्झन्छु
रुन्छे कोईली उदास भएपछि भीडका बीच बनवास सम्झन्छु
जब अाउँछन् याद लस्कर बनेर प्यासी हुँ यादकै प्यास सम्झन्छु
बिछोड नै रहेछ मिलनको अन्त्य मुना मदनको ईतिहास सम्झन्छु
रोमा लम्साल ,काठमाडौं