ग्रामीण क्षेत्रमा गाडीवाला मनपरी भाडा असुल्दै बर्राचौर बाट कुस्मासम्मको भाडा एक हजारदेखि बार सय लिदै ।

0
Quantam abroad studies

अमृत भट्टराई / बिहादी, पर्वत ।

सवारी साधनले मनपरी भाडा असुली गरेपछि पर्वतका ग्रामीण क्षेत्रमा यात्रा गर्ने सर्वसाधरण मर्कामा परेका छन् ।


पक्की सडकमा चल्ने सवारी साधनको भाडा सरकारले तोके बमोजिम भए पनि ग्रामीण क्षेत्रमा चल्ने सवारीले मनपरी भाडा असुली गरिरहेका छन् । गाडी चढेर यात्रा नगरौँ सम्बन्धित ठाउँमा पुग्न घण्टौँ पैदलयात्रा गर्नुपर्छ । चढौँ भेँडा बाख्रा खाँदिए जस्तै खाँदिएर यात्रा गर्नुपर्ने बाध्यता रहेको यात्रुको गुनासो छ ।

सरकारले कोरोना भाइरस को समयमा स्वास्थ्य आचारसंहिता पालना गर्दै ५0% सम्म बढी भाडा लिन पाउने नियम गराए पनि त्यसको खिल्ली उडाउदै कोचाकोच मान्छे हालेर साबिक को भडामा २००%भन्दा बडी भाडा असुली गरिरहेका यात्रुले गुनासो गरेका छन्। पर्वत सदरमुकामदेखि दक्षिणी भेगमा पर्ने बिहादी गाउँपालिका बाट सदरमुकाममा कुश्मा बजार सम्म गएको भाडा १ हजार देखि १२ सय सम्म भाडा तिर्न बाध्य भएको छन् ।

पर्वतको बिहादी गाउँपाकिका को रानीपानी, बर्राचौर, वहाकी बाट कुस्मा सम्म गाडीमा यात्रा गर्दा यातायात व्यवसायीले तोकेको भाडा ३९० देखि ४५० रहे पनि त्यो रकम भन्दा २००% बढी भाडा असुल्दै सवारी चालक ।

बर्राचौर का एक स्थानीयले भन्ने बर्राचौर खहरेखोला देखि कुस्मा गएको १ हजार तिर्न बाध्य भए मेरो कुरा स्थानीय सरकारले सुनेर पनि नसुने झैँ गर्यो उनीले बताए अनुसार म जस्तै धेरैले १ हजारका दरले बर्राचौर बाट कुश्मा गएको भाडा तिर्न बाध्य भएउ यस्ता गाडी वालालाई सम्बन्धित निकायले खोजी गरि कारबाहीको प्रक्रिया अगाडि बढाउन स्थानीयले अनुरोध गरेका छन् ।

यातायात व्यवसायी पर्वतले तोकेको भाडा दर अनुसार बर्राचौर देखि कुश्माको भाडा ३९० रहेको पाइएको छ ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.