पत्रकार यादव चलचित्र “काँडाको बाटो” चलचित्रमा अनुबन्धित

0
Quantam abroad studies

दाङ — पत्रका र तथा अबधि संस्कृतिका कलाकार दुःखहरण यादव (बिक्रम) विविशा फिल्मश्को ब्यानरमा निर्माण हुन लागेको जातीय विभेद एवं छुवाछुत बिरुद्धको जनचेतना मूलक सामाजिक चलचित्र “काँडाको बाटो ” चलचित्रमा अनुबन्धित भएका छन् ।

अबधि कला संस्कृतिको संरक्षण र सम्बर्द्धनमा अहोरात्र खटिएका यादवलाई चलचित्रमा सामाजिक अभियान्ताको भूमिकाका लागि अनुबन्धित गरीएको चलचित्रका निर्माता बिष्णु कुमार देवकोटाले बताए । नेपालकै ख्याति प्राप्त हाँस्य कलाकारद्धय मह जोडिद्वारा अभिनित सुगन्धपुर नामक टेलि फिल्मको यादवले अवधी भाषामा सम्पादन गरेका थिए ।

sahani furniture udyog

देउखुरीको गढवामा रहेको रेडियोसाझा आवाजमा केहि समय देखि स्टेसन म्यानेजरको जिम्मेवारी सम्हाली रहेका छन् भने बिगत पन्ध्र बर्ष देखी पत्रकारिता क्षेत्रमा सक्रिय हुदै आएका छन् । मिडिया क्षेत्रमै रहेर अवधि भाषा, सस्कृतीको लागि आफुले कलम चलाउने पत्रकार यादवले बताए। समुदायमा अझै पनि जातियताको लडाई कायमै छ, यो लडाई जब सम्म अन्त्य हुन्न तब सम्म विभेद कायमै हुन्छ उनले भने।

पत्रकार यादवले अवधी भाषामा बनेका रामायण नाटक, सत्य हरिश चन्द्र गीति नाटक र राजा पुरुषोत्तम नामक नाटकमा समेत निर्देशन गरिसकेका छन् । उनि अवधी पत्रकार संघ दाङ्का जिल्ला अध्यक्ष पनि हुन् ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.