काठमाडौं ललितपुर स्थित पुल्चोकमा रातो मच्छिन्द्रनाथको रथ यात्रा तान्ने क्रममा प्रहरी प्रशासनको प्रत्येक्ष हस्तक्षेप भइ दर्जनौं ब्यक्ति घाइते भएको घटना प्रति नेपाल विश्व हिन्दु महासंघ ले घोर आपत्ति प्रकट गरेको छ । विश्वभर फैलिरहेको “कोभिड-१९” महामारीको यस भिषम परिस्थितिमा सतर्कता अपनाउनु स्वभाविक हो। तर एउटा राज्यमा सरकारको दुई थरी व्यवहार प्रस्तुतिले निकै अचम्मित तुल्याएको बताउदै नेपाल बिश्व हिन्दु महासंघ प्रेस बिज्ञप्ति जारी गर्दै सरकार प्रति आपत्ति प्रकट गरेको छ।
हालै सरकार द्वारा जारी गरिएको निषेधाज्ञा को धज्जी उडाउदै राज्यका विभिन्न ठाउँमा मुस्लिम समुदायले हात हतियार सहित सुसज्जित भइ मुहरर्म (दाहा) पर्व मनाइरहदा कहि कतै प्रहरी प्रशासन द्वारा बाधा अवरो र कार्यवाही नगरिएको महासंघ को आरोप रहेको छ । सुरक्षित तवरबाट रथ तान्न को लागि रातो मच्छिन्द्रनाथका मूल पुजारी (पानेजु) कपिलमुनि बज्राचार्यका तर्फबाट ‘कर्फ्यू वा निशेधाज्ञा लगाएर भए पनि जात्रा गराउन’ राष्ट्रपतिका नाममा लिखित आग्रह पेस गरियो । कसरी सुरक्षित रथयात्रा गराउने भनेर खाका समेत पेस गरिएको थियो। यसमा ललितपुर महानगरपालिका र प्रशासनले कुनै सुनुवाइ नगरेको कुरा बिज्ञप्तिमा उल्लेख गरिएको छ।
राज्य एक तर सरकार द्वारा गरिएको व्यवहार अनेक। सरकार सबैको साझा हुनुपर्नेमा सरकारले राज्यका बहुसंख्यक हिन्दु समुदाय प्रति देखाएको पुर्वाग्रहि व्यवहारले सरकार को नियत छर्लङ्ग भएको आरोप महासंघ ले लगाएको छ।
नेपाल बिश्व हिन्दु महासंघ ले जारी गरेको बिज्ञप्तिमा घटनामा घाइते हुनुभएका सम्पूर्ण श्रद्धालु एवं सुरक्षाकर्मीको शिघ्र स्वास्थ लाभको कामना गर्दै यथाशीघ्र तिथि र मिति मिलाएर प्राचीन समय देखि सुरुवात भएको संस्कृतिहरु लाई परम्परागत मान्यता र अवस्थाको कदर गरि रातो मच्छिन्द्रनाथ को रथ तान्न वयवस्था मिलाउन सरकार संग जोडदार माग गरेको छ ।
घटना भएको दिन निकालिएको उक्त प्रेस बिज्ञप्तिमा महासंघ का केन्द्रिय महासचिव रामनाथ मैनाली र केन्द्रिय सचीव अभिशेक तिवारी ले हस्ताक्षर गर्नु भएको छ ।