TSLC अन्तर्गत रहेका स्वास्थ्य सम्बन्धि कार्यक्रम खारेजी विरुद्ध प्राविधिक शिक्षालय महासंघ को सरकारलाइ ज्ञापन पत्र

0
Quantam abroad studies

कपिलवस्तु ,
सरकारले TSLC लेवलका स्वास्थ्य शिक्षा कार्यक्रम खारेजी गर्ने निर्णयको निजि प्राविधिक शिक्षालय महासंघ ले बिरोध गरेको छ ।

यस्तै कपिलवस्तु जिल्लाको निजी प्राविधिक शिक्षालय महासंघ ले शिक्षा सेवा आयोगले चालु सत्र देखि डिप्लोमा तह मुनीका TSLC लेवल स्वास्थ्य शिक्षा कार्यक्रम खारेजी गरेको निर्णय सच्चाउनु पर्ने माग राख्दै जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।

कोरोना भाईरसका हामारीका कारण लामो समय देखि रहेको लकडाउन ले मारमा परेको बेला प्राबिधिक शिक्षा पढाउने शिक्षण संस्थालाई यो निर्णयले झनै मर्माहत बनाए को भन्दै महासंघ र कपिलवस्तुमा रहेका चार शैक्षिक संस्था ले सो ज्ञापन पत्र बुझाएका हुन ।

चालु आवकाको नविकणका लागि सिटीइभिटीमा आवश्यक दस्तुर समेत जम्मा गराई सकेको अवस्थामा कार्यक्रम स्थगित गर्ने निर्णय आफैमा अब्यवहारिक रहेको महासंघका प्रदेश अध्यक्ष पाण्डेयले बताएका छन्।

राष्ट्रिय चिकित्सा ऐनले गरेका ब्यवस्था भन्दा फरक निर्णय ल्याइएकोमा आफुहरुको घोर आपत्ति रहेको पाण्डेयले बताए । उनले नविकरण तथा भर्ना प्रकृया अघि बढाउनुको साथै स्त्तोरोन्ती गरिनु पर्ने आफुहरुको माग रहेको बताएका छन् ।

sahani furniture udyog

महासंघका प्रदेश अध्यक्ष पाण्डे ले TSLC लेवलका कार्यक्रम हरु खारेज गर्नु उपयुुक्त नरहेको बताउदै देशमा TSLC लेवलका शैक्षिक कार्यक्रमहरु सिएमए , अनमि, ल्याब असिस्टेन्ट, आर्युबेदन सहायक जस्ता कार्यक्रमहरु ले स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानलाइ स्मरण गरि पुन संचालन गर्न सरकार लाइ अनुरोध समेत गरेका छन् ।

यसैगरी महासंघको अगुवाईमा कुल ६२ जिल्ला को प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री लाई ज्ञापन पत्र बुझाईएको हो ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.