रातो मच्छिन्द्रनाथ रथ यात्रामा प्रहरीले हस्तक्षेप गरेको भन्दै महसंघको रौतहटमा बिरोध पर्दर्शन

0
Quantam abroad studies

रौतहट , भादौ २०

नेपाल विश्व हिन्दु महासंघ जिल्ला कार्य समिति रौतहट द्वारा रातो मच्छिन्द्रनाथ रथ यात्रामा प्रहरीले हस्तक्षेप गरेको भन्दै बिरोध पर्दर्शन गरिएको छ । महासंघका रौतहट जिल्ला अध्यक्ष त्रिभुवन ओझा को नेतृत्वमा रातो मच्छिन्द्रनाथ को रथ यात्रा तान्ने क्रममा राज्य द्वारा बर्बरतापूर्ण हस्तक्षेप गरेको भन्दै प्रदर्शन गरिएको हो।

रौतहटको गरुडामा भएको उक्त बिरोध प्रदर्शनमा नेपाल विश्व हिन्दु महासंघका सदस्यहरु हातमा प्लेकार्ड बोकि ” नेवार समुदाय को पक्षमा छौं” , ” हिन्दु लाई पाखा अरु लाई काखा यहि हो तिम्रो नीति सरकार ? ” , ” हिन्दु एकता जिन्दावाद” , ” सनातन धर्म मास्न पाइदैन “र” पुज्य सन्त तथा हिन्दु युवाहरु ( निरंजन राम, बिजय राम, मिन्त्री देवी बैठा ) का हत्यारा लाई यथाशीघ्र सार्वजनिक गरि कडा कार्यवाही गर “लागायतका नाराहरु सहित पर्दर्शन गरेका छन् ।

महासंघका जिल्ला अध्यक्ष ओझा ले सरकार पूर्वाग्रही सोच का साथ हिन्दु बिरोधि गतिविधि लाइ बढावा दिइ रहेको आरोप लगाएका छन् ।ओझ का अनुसार अहिले को कमुनिस्ट सरकार ले सनातन हिन्दु संस्कृति विरुद्ध सुनुयोजित रुपमा लागे को हुँदा धर्म संस्कृति को संरक्षण को लागि सम्पूर्ण सनातन हिन्दु धर्म संस्कृति प्रेमि खुलेर यस घृणित कार्य को बिरोध गर्न को विकल्प नरहे को बताएका छन् ।

sahani furniture udyog

काठमाडौंमा प्रहरी र नेवार समुदाय बिच रथ यात्रा को विषय लाइ लिएर भएको झडप पश्चात देशका विभिन्न भागमा विभिन्न संघ संगठन ले सरकार को बिरोध गर्दै आइरहेका छन् ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.