गोरु काटेर खाने रानीपानीका सात जनालाई जिल्ला अदालत पर्वतले मुद्दा प्रक्रिया अगाडि बढाएको छ ।

0
Quantam abroad studies

पर्वतको बिहादी गाउँपालिका ३ रानीपानीको पसियारमा गोरु काटेर खाने ७ जना लाई जिल्ला अदालत पर्वतले मुद्दा प्रक्रिया अगाडि बढाउने भएको छ ।

पर्वतको बिहादी गाउँपालिका ३ रानीपानी को पसियार मा गएको जेठ १२ गते राति १ बजे स्थानीय ७ जना मिलेर स्थानीय मैना परियारको घर बाट गोरु लगेर मैना परियारको घर भन्दा केही पर लगेर काटेर बाडफाट गर्ने क्रममा अन्य स्थानीय ले थाहा पाए पछि नजिकको रानीपानी प्रहरी चौकी लाई जानकारी दिएका थिए ।

स्थानीयले प्रहरीलाई जानकारी दिएपछि रातीनै रानीपानी प्रहरी चौकी बाट खेम बहादुर कार्कीको नेतृत्वमा गएको प्रहरी टोलीले गोरु काटेर बाडफाड गर्ने लागेको बेला बिहादी गाउँपालिका ३ रानीपानी पसियारका स्थानीय बर्ष ५८ का चन्द्रबहादुर सार्की , वर्ष ५२ का भिम बहादुर सार्की , वर्ष ५० का दिल बहादुर सार्की वर्ष ४३ का मैना भनिने गगन बहादुर दर्जी उनका छोरा वर्ष २३ का बिक्रम दर्जी , मैना भनिने गगन बहादुर दर्जीका भाइ वर्ष ४० का कुल बहादुर दर्जी र वर्ष २८ का सफल नेपाली लाई गोरुको मासु गोरुको टाउको र गोरु काट्न प्रयोग गरिएको हातहतियार सहित प्रहरीले नियन्त्रणमा लिएको थियो प्रहरीले नियन्त्रणमा लिएपछि उनीहरू लाई इलाका प्रहरी कार्यलय हुवास पठाएको थियो ।

इलाका प्रहरी कार्यलय हुवासले १३ गते जिल्ला प्रहरी कार्यलय पर्वतको जिम्मा लगाएको इलाका प्रहरी कार्यलय हुवासका प्रमुख बिजय कुमार सिंहले बताउनुभएको थियो। जिल्ला प्रहरी कार्यलय कुस्माले उनीहरू लाई सात दिन थुनामा राखेर सात जना सँग पाँच लाख साठी हजार धरौटीमा राखेर सातै जना लाई छोडिदिएको थियो । अहिले उनीहरूलाई जिल्ला अदालत पर्वतलले मुद्दा प्रक्रिया अगाडि बढाएको छ ।

नेपाल को संविधान मा हिन्दु धर्मावलम्बीको गाइ गोरु काट्ने लाई १२ वर्षसम्म जेल सजाय हुने कानुन रहेको छ ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.