कृषि मन्त्री शैलेन्द्र साह किसान को समस्या बुझ्न गाउँ गाउँमा

0
Quantam abroad studies

नवीन यादव , भादौ २१

दुई नम्बर प्रदेश को भूमि तथा कृषि मन्त्रि शैलेन्द्र साह किसान को समस्या बुझ्न गाउँगाउँमा पुग्न थाल्नु भएको छ। यसैक्रममा आइतबार सप्तरी को तिरहुत गाँउपलिकामा कृषि मन्त्रि शैलेन्द्र साह किसानहरुको समस्या बुझ्न पुग्नु भएको थियो । मन्त्री साह गाउँपालिका का किसानको खेत खेतमा पुगि अबलोकन गर्दै किसान को समस्या बुझदै गुनासो सुन्नुभएको थियो ।

मन्त्रि साह किसानहरू को समस्या संगै पालिका को अन्य समस्या को बारेमा पनि जनप्रतिनिधि र जनता संग जानकारी लिनु भएको छ। उहाँ कृषि मन्त्री भएता पनि समाजमा स्वास्थ्य , शिक्षा, संचार क्षेत्रमा रहेको समस्य बारे पनि जानकारी लिनु भएको छ भने सम्बन्धित निकाय संग समन्वय गरि समाधान गर्ने आश्वासन दिनु भएको हो ।

यसैगरी तिरुहुत गाउँपालिकामा अवलोकनको क्रममा वाड नं. ४ का वडा अध्यक्ष मनोज कुमार यादव ले वार्ड संगै गाउँपालिका को कृषि अवस्था बारे जानकारी गराउनु भएको थियो । यादव ले तिरहुत गाउँपालिका बिकासको दृस्ठिकोणले निकै पछाडी रहेको र यस गाउँपालिकामा कृषि क्षेत्र मा आधुनिक प्राविधिको प्रयोग गरि उत्पादनमा वृद्धि सं गै रोजगारी सिर्जना गर्नसक्ने राम्रो बाताबरण बन्न सक्ने भन्दै मन्त्री साह को ध्यानाकर्षण गराउनु भएको थियो ।

sahani furniture udyog

मन्त्री साह संग तिरहुत गाउँपालिकाका किसानहरु ले अ- आफ्नो समस्या पोखेका थिए भने युवा लाइ कृषि क्षेत्रमा सक्रिय बनाइ बिदेश पलायन बाट रोक्न बिशेष कृषि योजना र प्याकेज ल्याउन अनुरोध गरेका छन् ।

अबलोकन को क्रममा मन्त्री साहले त्यहाँका किसान संग आफु र सरकारले किसान का समस्याहरु चाडो भन्दा चाडो समाधान गर्न प्रतिबद्ध रहेको बताउनु भएको छ भने हाल देश कोरोना महामारी को भीषम परिस्थिति बाट गुज्रिरहेको हुँदा सबैलाइ सुरक्षित भै काम काज गर्न सुझाव दिनु भएको छ ।

Leave A Reply

Your email address will not be published.