कपिलवस्तु , भादौ २५
जनता समाजवादी पार्टी कपिलवस्तु को विजयनगर गाउँ पालिका मा पार्टी एकीकरण पछि पहिलो पटक गाउँपालिका स्तरिय बैठक सम्पन्न गरेको छ । राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीको एकिकरण पछि औपचारिक रुपमा पहिलो पटक गाउँपालिका स्तरिय बैठक बसेको हो ।
समायोजन पछि देशमा नै बलियो राजनैतिक शक्ति बोकेको जसपा प्रति आमजनताको आकर्षक बढेको र नेकपा भ्रष्ट क्रियाकलाप ले आमजनता दुख मात्र पाए । भबिस्यमा देश र जनतालाई निकास दिई देशमा सुशासन सहित समृद्ध र विकसित बनाउन वडास्तर देखि नै मजबुत बनाउन वडा स्तरमा विस्तार गर्ने बैठकले निर्णय गरेको पूर्व समाजवादी पार्टिका जिल्ला उपाध्यक्ष रामनिवास पुरीले बताउनुभयो ।
बैठक ले केन्द्रको निर्देशन अनुसार पार्टि को विजयनगर गाउँपालिका स्तरीय एकिकरण तथा समायोजन गर्ने निर्णय गरेको छ । समायोजनाका लागि अर्को बैठक बाट मिति समय र स्थान निर्धारण गरिने पुरीले बताउनु भयो। बैठकमा बोल्दै पूर्व राजपाका केन्द्रिय सदस्यले अब गाउँपालिका ले गरेका हरेक गतिविधीमा निगरानी गर्ने र अबको विकल्प मात्र जसपा रहेको ले जनताको घर दैलोमा पुगी आफ्नो पार्टी एजेन्डा सिद्धान्त बुझाउनु पर्ने बताउनु भयो ।
सन्तराम तेलीको अध्यक्षतामा सम्पन्न भएको बैठकमा बाल जी प्रसाद चौधरी, अश्वीनी कुमार चाई, अशोक कुमार जयसवाल, मुजम्मिल हुसेन खाँ, अब्दुल गनी खाँ , सबनम बेगम र तुलसीराम भर लगायतको सहभागिता रहेको थियो ।