प्रचारप्रसारको अभावले ओझेलमा पर्वतको बिहादी गाउँपालीका दुई बर्राचौरको खहरे झरना ।

0
Quantam abroad studies

अमृत भट्टराई / बिहादी, पर्वत ।

पर्वतको बिहादी गाउँपालीका वडा नम्बर दुई बर्राचौर मा रहेको खहरे झरना प्रचारप्रसार को अभावमा ओझेलमा परेको छ । बर्राचौर को एक सुन्दर र हरियाली ठाउँमा रहेको खहरे झरना खहरे खोला बाट बहने खहरे खोला को अन्तिम भागमा अवस्थित रहेको छ ।

अहिलेसम्म यस क्षेत्रमा कसैको ध्यानाकर्षण नभएको बर्राचौर का एक युवाले बताए । बिहादी बौरको काखमा अवस्थित झरनामा जाने बाटो समेत नहुदा पनि यो झरना ओझेलमा परेको स्थानीयले बताउछन् ।

यश क्षेत्रमा राम्रो सँग पुग्ने गरि पैदलमार्ग निर्माण गरेमा बर्राचौर मात्र नभइ बिहादी कै पर्यटकीय ठाउँ बनाउन सकिने देखिन्छ । कालीगण्डकी करिडोर बाट करिब दुई सय मिटर तल रहेको खहरे झरनामा सडक पुराउन सक्ने भन्ने स्थानीय र बाहिरी पर्यटनका लागि एक गन्तव्य बन्न सक्ने देखिन्छ । देशमा स्थानीय सरकार भएपनि अहिले सम्म खहरे झरनालाई केही फरक भरेको छैन स्थानीय सरकारले यस्ता क्षेत्रमा लगानी गरेर बाहिरी प्रचारप्रसारमा लिहाएमा स्थानीय बासिन्दालाई पनि फाइदा हुने देखिन्छ ।

स्थानीय बासिन्दाले खहरे झरना अवलोकन गर्ने आउनेहरु बाट व्यापार गरेरै आफ्नै ठाउँमा रोजगारी पाउने समेत सम्भावना रहेको यश क्षेत्रमा स्थानीय सरकारको समयमा नै ध्यान जान आवश रहेको देखिन्छ ।

शुद्दोधन गाउपालिका
कपिलवस्तु साझेदारि बन ब्यवस्थापन समिती
शुद्दोधन गाउपालिका २
Leave A Reply

Your email address will not be published.