कृष्णनगरको स्वास्थ्य चौकीहरुमा औषधी अभाव

0
Quantam abroad studies

निरहु यादव , भदौ २६ ।

कृष्णनगर नगरपालिका वडानंं ७कौडिडिहवामा रहेको स्वास्थ्य चौकीमा आइरन चक्की सकिएको एक महिना भन्दा बढी भैसक्यो । दैनिक जसो चेकजाँचका लागि आउने गर्भवती आइरन चक्की लैजान बाट वञ्चित भएको महिनौं दिनसम्म पनि उपलब्ध हुन सकेको छैन ।

आइरन चक्की मात्र हैन, एसीलक, मेट्रो , एमोक्सिलिन, साईनेक्स, सिटामोल, जीवनजल ,घाउमा लगाउने पट्टी लगायत का औषधीहरू को अभाव छ । त्यस्तै गर्भ निरोधक पिल्स चक्की र कन्डोम पनि धेरै दिन देखि अभाव रहेको छ । आज मात्रै जीवन जल लिन पुग्दा यो स्वास्थ्य चौकीमा मात्रै निशुल्क वितरण गर्ने पाँच प्रकार का औषधी मात्र रहेको र हामी नगरपालिकामा माग गरिएको चौकी इन्चार्ज अनिल कुमार बिश्वकर्माले बताए ।

यसै त सरकारी स्वास्थ्य चौकीमा कमै मात्रामा बिरामीहरू आउँछन् । त्यसमा पनि सबैजसो औषधीहरू अभाव भएपछि बिरामीलाई वितरण गर्न समस्या भएको त्यहाँका स्वास्थकर्मीले गुनासो गरेका छन् । यस विषयमा स्वास्थ संयोजक शंकर भट्टराई बाट बुझ्दा स्वास्थ्य चौकीहरुमा लगभग एक महिना देखि अभाव भएको स्वीकार गर्नुभयो ।

केही औषधि नगरपालिकामा रहेको आवश्यक भएको ठाउँमा पठाइन्छ र औषधि खरिदको टेन्डर आह्वान गरिएको र लगभग एक महिना भित्र पुर्ति हुने सम्भावना रहेको संयोजक भट्टराईले बताएकाछन ।

शुद्दोधन गाउपालिका
कपिलवस्तु साझेदारि बन ब्यवस्थापन समिती
शुद्दोधन गाउपालिका २
Leave A Reply

Your email address will not be published.