युथ कांग्रेस नेपाल प्रदेश नं २ द्वारा संगठन बिस्तार

0
Quantam abroad studies

युथ काङ्ग्रेस नेपाल प्रदेश न २ ले सङ्गठन विस्तार गरेको छ। संगठनको प्रदेश सदस्यहरुमा सुमित झा, सप्तरी र नितेश कर्ण कायस्थ , सिराहाबाट रहेको छ।

त्यसैगरि पर्सा जिल्लाको लागि सुमेश्वर साह र सप्तरीको लागि शिवानी देवलाई संयोजकमा नियुक्त गरिएको छ।

युथ काङ्ग्रेस नेपालले लोकतान्त्रिक समाजवादका सिद्धान्त हरूको असफल पुराना अभ्यासहरूको परिवर्तनका सवालमा वकालत गर्दै विधिको शासन,राष्ट्रियता,प्रगतिशिलता, स्वतन्त्रता तथा संविधानद्वारा प्रदत्त समानताको हकलाई प्रश्रय दिने लक्ष्य साथ् विगत ३ बर्ष देखि युवा राजनीति र लोकतन्त्र सम्बन्धि विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ ।

यस संस्थाले देशव्यापी रुपमा उच्च अध्ययन गरि सामाजिक क्षेत्रमा सेवा गर्दै आइरहेको र नेपालमा लोकतान्त्रिक विचार धारा प्रति आस्था राख्ने युवाहरुको संगठन निर्माण गर्दैछ।

sahani furniture udyog

यस संस्था को हाल को कार्यक्रमहरुमा राजनीतिक शिक्षा (पोलिटिकल लिट्रेसि), संगठन र युवाहरुको राजनैतिक क्षमता अभिवृर्दि तथा देशव्यापी रुपमा विधिको शासन तथा लोकतान्त्रिक पद्धती निर्माणका लागि अभियानहरु संचालन गर्ने लक्ष्य राखिएको छ।

युथ कांग्रेश नेपाल प्रदेश न २ मा नियुक्त भएका हालका युवा हरु कानुन र आइटी पढेर सामजिक कार्यहरुमा संग्लन रहेको छ।

नव नियुक्तहरुलाई स्वागत गर्दै युथ कांग्रेश नेपालका प्रदेश संयोजक रमेश कुमार राजले भने अब पढाई र परिवर्तन संगै जन्छ र पढे लेखका युवा राजनितिमा आउनुपर्छ । हाम्रो पुर्खा लोकतनत्रका लागि लडे , हामि लोकतनत्रलाई जीवनशैली बनाउन लड्दैछौं।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.