दलित माथि दमन बन्द गर्न र दोषीलाई कार्वाही गर्न माग

0
Quantam abroad studies

शहबाज खान, कपिलवस्तु , भाद्र २६
इतेहाद नेपाल कपिलवस्तु अध्यक्ष किफायतुललह खां को अध्यक्षतामा कृष्णनगरमा बैठक सम्पन्न। प्रदेश नं २ मा दलित हरु माथि भएको हिंसा , बलात्कार जस्ताे घटनाहरु दिन प्रति दिन बढी रहेको छ ।

दलितहरु माथि भएको हिंसा अमानवीय रहेको ले इत्तेहाद नेपाल कपिलवस्तुले यस्तो घटनाको घोर बिरोध गर्दै दोषी माथी कडा कार्यवाही हुनु पर्ने बैठकमा उपस्थित हरूले जोड दिएका थिए। रौतहट पर्सा र जनकपुर लगायत केहि स्थानमा दलित समुदाय आन्दोलनरत पनि रह्यो ।

sahani furniture udyog

राज्यले पीड़ितलाई समाजिक न्याय सहित समाजिक सुरक्षाको प्रत्याभूति गराउन अपराधीहरूको पहिचान गर्न गराउन सक्रियता देखाएर दोषीलाई नियम अनुसार कडा कार्यवाही हुनु पर्ने कुरा इतेहाद नेपाल कपिलवस्तु अध्यक्ष किफायतुललह खां ले बताए।

उक्त बैठकमा दलित नेता बाबुराम काेरी , काबुतरी देवी, शिव प्रसाद, दिपेन्द्र, अनवर अहमद, अहमद नदीम , संदीप, गौरी शंकर मुहम्मद सफीक ,गुड्डू, राम दीन लगायतको सहभागिता रहेको इत्तेहाद नेपाल कपिलवस्तु अध्यक्ष किफायतुललह खां ले जानकारी दिनुभयो ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.