रुपन्देहीको परासीझुंगामा घर्तीको अध्यक्षतामा १ सय १ जना टोल कमिटी गठन

0
Quantam abroad studies

उर्मिला यादव ,भदौ २७

रुपन्देही को रोहिणी गाउँपालिका मा नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लगायत विभिन्न पार्टी परित्याग गरी ६० जना जनता समाजवादी पार्टी नेपाल (जसपा) मा प्रवेश गरेका छन् । रोहिणी गाउपालिका वडा नम्बर ३ परासीझुंगामा आज भएको कार्यक्रम मा विभिन्न पार्टी परित्याग गरी ६० जना जनता समाजवादी पार्टीमा प्रवेश गरेका हुन ।

उनीहरुलाई जसपाका केन्द्रीय सदस्य देवेन्द्र पाण्डे ‘सागर’, युवा नेता विद्या यादव, महेन्द्र गुप्ता (प्रशान्त), विजय बहादुर सिंह थारु, रामधर हरिजन, रोहित सहानी लगायतले पार्टीमा प्रवेश गराउनु भएको युवा नेता विद्या यादवले जानकारी दिनु भयो ।

sahani furniture udyog

यस्तै गरी जेष्ठ नागरिक खडक बहादुर खवासको अध्यक्षतामा बसेको बैठकले आज रोहिणी गाउँपालिका वडा नम्बर ३ परासी झुंगाको उत्तरटोलामा धनीराम घर्तीको अध्यक्षतामा एक सय एक जना सदस्य रहने गरी टोल कमिटी गठन गरेको छ । जसको उपाध्यक्षमा सुरज कुमार घर्ती, गिता यादव, रोहित हरिजन, विनोद चौधरी, उपेन्द्र घर्ती, सचिवमा हेमन्त चौधरी, कोषाध्यक्षमा नारायण चौधरी र सह–सचिवमा अशोक खवास रहनु भएको छ ।

यसैगरी सदस्यहरुमा सिला घर्ती ,रामरत्न पासी ,कुन्जी थारु, सावित्री चौधरी, तेतरी घर्ती , राजेन्द्र प्रसाद हरिज ,गोरख चौधरी , पन्डाेही घर्ती, लालजी गुप्ता, बिमली खवास, ललिता खवास, बिजय चौधरी , अर्जुन हरिजन, अल्गु चौहान ,रामबृक्ष यादव र अदालत दर्जी लगायत रहनु भएको युवा नेता यादवले जानकारी दिनु भयो ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.