पर्वतको रानीपानीमा रहेको जनता आधारभूत विद्यालयले विद्यार्थीको घरघरमा पुगेर छात्रावृत्ति वितरण गर्यो ।

0
Quantam abroad studies

अमृत भट्टराई / बिहादी,पर्वत ।

पर्वतको बिहादी गाउँपालिका वडा नम्बर ३ रानीपानीमा रहेको जनता आधारभूत विद्यालयका शिक्षक शिक्षिकाले विद्यार्थीको घरघरमा पुगेर विद्यार्थी र विद्यार्थीका अभिभावकलाई भेटेर विद्यालयबाट उपलब्ध हुने छात्रावृत्ति वितरण गरेको छ ।

पछिल्लो समय विश्वका विभिन्न देशमा कोरोना भाइरस फैलिरहेको बेला नेपालका पनि विभिन्न जिल्ला र विभिन्न समुदायमा कोरोना भाइस फैलेपछि सरकारले नेपालमा गएको चैत ११ गते देखि लकडाउ भए सँगै शैक्षिक संस्था पनि बन्द गरेको थियो ।

अभ विद्यालय कहिले खुल्छ भन्ने बारे सरकारले केही जानकारी नगराए पछि लामो समय विद्यालय बन्द भएको र विद्यार्थीको सोचाइमा पनि विभिन्न कुराहरू खेल्ने भएको भन्दै पर्वतका विभिन्न विद्यालयले घरघरमा पुगेर विद्यार्थीलाई भेटेर पढाउने गरेको जनता आधारभूत विद्यालय रानीपानीका शिक्षक सुर्य थापाले बताउनु भयो । कोरोनाको जोखिम कायमै रहेपनि दुरी कायम राख्दै शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आए को थापाले बताए ।

कोरोना महामारी बढ्दै गएपछि सरकारले see र कक्षा ११ को परिक्षा लाई पनि स्कुल लेभल नै मान्यता दिएको थियो । सरकारले कक्षा १२ को परिक्षा भने असोजको पहिलो साता बाट सुरु गर्ने भनेपनि अहिले कुनै मिति सार्वजनिक भएको छैन ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.