बहादुरगन्ज खानेपानी संस्थानको बदमासी , उपभोक्तालाई दूषित पानी खुवाउदै ।

0
Quantam abroad studies

निरहु यादव, भदौ २९

नेपाल खानेपानी संस्थान बहादुरगन्ज ले वितरण गरेको पानी खाने योग्य देखिएको छैन । सरकार ले स्वस्थ खानेपानी उपलब्ध गराउन पानीको स्रोत मुहान देखि मुख सम्म स्वस्थ र स्वच्छ खानेपानी’ को नीति अवलम्बन गरेको छ। तर, बहादुरगन्ज, दयानगर र डबरावासीका लागि यो नीति व्यवहारमा लागू हुनसकेको छैन । लगभग एक हप्ता दिन देखि धारामा फोहोर धमिलो मिसिएको पानी आइरहे को आम उ पभोक्ताको भनाइ रहेको छ । दूषित पानी खानाले हुन सक्ने सम्भावित झाडापखाला र हैजा लगायतका रोग बाट बाच्न केही ले त हैन्डपाइपको पानी लिन अर्काको घरमा पुग्ने गरेका छन भने धेरैले त्यही दूषित पानी खाने गरेका छन ।

यस बिषयमा बुझ्न् खोज्दा सो वितरण केन्द्रका इन्चार्ज दिनानाथ रजकले केही दिन देखि दूषित पानी वितरण भएको स्वीकार गर्नुभयो । सडक बिस्तार हुने क्रममा ठाउँठाउँमा पाइपलाइन काटिए पछि नयाँ पाइप लाइन बिस्तार गरिएको र अझै नयाँ पाइप लाइन बिस्तार गर्ने क्रममै छौ ।

नयाँ पाइप लगाइए पनि जहाँ नयाँ बिछ्याउन सकिए छैन त्यहाँ पुरानो पाइप लाइनमा जोडिएकोले त्यस्तो हुनपुगेको हो र त्यो एकदुई दिन मै सुधार गर्ने समेत रजकले बताएका छन् ।

शुद्दोधन गाउपालिका
कपिलवस्तु साझेदारि बन ब्यवस्थापन समिती
शुद्दोधन गाउपालिका २
Leave A Reply

Your email address will not be published.