किशोरीहरुलाई स्वास्थ तथा सरसफाई किट वितरण

0
Quantam abroad studies


कपिलबस्तु जिल्लाको १८ स्थानहरुमा किशोरीहरुलाई स्वास्थ तथा मर्यादित किट केएर नेपाल को सहयोगमा दलित सामाजिक विकास केन्द्रले वितरण गरिएको छ । कोभिड १९ को महामारी वाट आफू बचौं र अरुलाई पनि बचाऔं भन्ने उद्धेश्य वाट किशोरीहरुलाई उक्त किटहरु वितरण गरिएको हो ।

केएर नेपाल र दलित सामाजिक विकास केन्द्र कपिलवस्तुको संयुक्त साझेदारीमा संचालित अब मेरो पालो कार्यक्रम अन्र्तगतका क्षेत्रमा स्थानिय जनप्रतिनिधी ज्यूहरुको रोहबरमा किशोरीहरुलाई उक्त किट वितरण गरिएको हो। जिल्लाको ६ वटा स्थानिय तह अन्र्तगत जम्मा ४३० जना किशोरी हरुलाई किटहरु वितरण गरिएको छ । बैग सहित वितरण गरिएको प्रत्येक किटमा जम्मा १९ थान दैनिक रुपमा प्रयोग हुने सामाग्रीहरु रहेका छन। प्रति किटमा १ थान टिसर्ट, सुरुवाल, दुपटटा, काईंयो , साबुनदानी , २ थान कपडा धूने साबुन , १ थान टर्च , ब्रस दन्तमंजन , २ थान नुहाउने साबुन ,१ थान सेनिटाईजर , सेनिटरी पैड, रुमाल, १ सेट चप्पल , ब्याग लगायत सामानहरु रहेको छ ।

कृष्णानगर न.पा. वडा नं १२ ठकुरापुरमा २६ जना, विजयनगर गाउँ पालिका अन्र्तगत वडा नं. १ को जावाबैराठ मा १५ जना , वडा नं.२ को लोहरौलामा २६ जना , वडा नं. ३ को पथरदेइया मा २१ जना , जगदीशपुर डगडउवामा २६ जना , वडा नं. ५ को जुगुनियामा २७ , डालपुरमा २७ जना किशोरीहरु किट प्राप्त गरेका छन भने शिवराज न.पा. अन्र्तगत चन्दौटा, पर्सिया तथा लालपुरका गरी जम्म ७३ जना किशोरीहरुले किट प्राप्त गरेका छन । बुद्धभूमि नगर पालिका अन्र्तगत वडा न २ को वडहरा, गोरु सिंहे तथा वडा नं ६को महुवा गरी जम्मा ९१ जनाले उक्त किट प्राप्त गरेका छन । महराजगंज न.पा. अन्र्तगत महराजगंज , औरहवा, पिपरी, उनवलिया, गैडवहवा मध्ये ७८ जनालाई किशोरी स्वास्थ मर्यादित किट वितरण गरिएको थियो ।

सामाग्री वितरणका लागी संस्था तर्फबाट संस्थाका अध्यक्ष रामशरन रैदास,उपाध्यक्ष संजय कुमार कोरी र सचिव मन्टु कोरी लगायत टिमले किटवितरण तथा सरोकारवाला संग सम्पर्क समन्वयमा भुमिका खेलेका थिए भने कार्यक्रम संयोजक गोविन्द धवल र अनुगमन तथा मुल्याकंन सुपरभाइजर संगिता चौरसिया ले सामाग्री वितरणका लागी ब्यवस्थापन कार्य गर्नु भएको छ । साथै अझै केही स्थानमा वितरण गर्नु पर्ने रहेको छ।यो संस्थाले किशोरीकिशोर, महिला, अपाडंगता भएका ब्यक्तिहरुको क्षेत्रमा नियमित रुपमा कार्य गर्दै आइरहेको छ ।

शुद्दोधन गाउपालिका
कपिलवस्तु साझेदारि बन ब्यवस्थापन समिती
शुद्दोधन गाउपालिका २
Leave A Reply

Your email address will not be published.