कालिकोटमा प्रेस सेन्टर नेपालको भेला तथा प्रशिक्षण सम्पन्न संयोजकमा उमेश विष्ट, जनपक्षिय पत्रकारीतामा जोड
जनक विष्ट ,कालिकोट
कर्णाली प्रदेशमा प्रेस सेन्टर नेपालले संगठन निर्माण तथा प्रशिक्षणात्मक मेची – महाकाली अभियान सञ्चालनलाई तिब्रता दिएको छ । अभियान सञ्चालनको क्रममा प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष लोकराज जैसी नेतृत्वको टिम कर्णालीका विभिन्न जिल्लाहरुमा पुगेको छ।
देशव्यापी संगठनात्मक अभियान सञ्चालनको क्रममा कर्णाली प्रदेशमा पुगेको अध्यक्ष जैसी नेतृत्व को टिमलाई गत मंगलबार प्रेस सेन्टर नेपाल कर्णाली प्रदेश संयोजक मनराज कठायत लगाएतले सूर्खेतको विरेन्द्रनगरमा भव्य स्वागत समेत गरेका थिए ।
प्रेस सेन्टर नेपाल ले संगठन विस्तार अभियानको क्रममा आधारभूत पत्रकारीता विषयमा तालिक, प्रशिक्षण, अन्तरक्रिया र भेला, सम्मेलन चलाउँदै आएको छ । त्यहि क्रममा प्रेस सेन्टर नेपालले गत शुक्रबार कालिकोटको मान्ममा संगठनको भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो ।
प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष लोकराज जैसीको प्रमुख आतिथ्यता तथा कालिकोटका जनपक्षीय पत्रकार उमेश विष्टको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रेस सेन्टर नेपालको कर्णाली प्रदेश संयोजक मनराज कठायत, प्रदेश पाँचका अध्यक्ष दिनेश कुमार श्रीवास्तव, बाँके सदस्य मनोज तमोली, नेपाल पत्रकार महासंघ कालिकोटका उपाध्यक्ष नवराज योगी लगाएतको आतिथ्यता रहेको थियो ।
उक्त कार्यक्रममा सहभागिहरुले जनताको आवजलाई देशका ठूला मिडियाहरुले समावेश नगरेको अवस्थामा जनपक्षीय पत्रकारीताको ठूलो महत्व रहेको भन्दै त्यसका लागि भूमिका खेल्न पत्रकार हरुलाई आग्रह गरेका थिए । कार्यक्रमा हरपल नेपाल डटकम, मुन्धुमस्टार खबर, रातो नेपाल डटकम, सुदूर खबर अनलाईन लगाएतका सञ्चार माध्यममा कार्यरत पत्रकार हरुको सहभागिता रहेको थियो ।
प्रशिक्षण कार्यक्रम लगत्तै प्रेस सेन्टर नेपालले कालिकोट जिल्लाको संयोजकमा विष्टलाई चयन गरेको छ। उक्त कमिटिमा विरेन्द्र विष्ट, वसन्त विष्ट, नविन चौलागाई लगाएत रहेका छन ।
प्रेस सेन्टर नेपालले जनपक्षीय पत्रकारीताको अगुवाई गर्न कालिकोट समिति सफल रहोस भन्दै कार्यकाल सफलताको शुभकामना समेत दिएको थियो । कार्यक्रम कालिकोटको सदरमुकाम मान्म बजार स्थित जिल्ला समन्वयन समितिको खेल मैदान ( सभास्थल ) मा राखिएको थियो । कार्यक्रममा जिल्लाका विभिन्न स्थानहरु बाट करिब एक दर्जन बढि पत्रकार, प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो ।
प्रेस सेन्टर नेपालको अभियान जुम्ला, हुम्ला, दैलेख लगाएतका स्थानमा समेत हुने आयोजकले कार्यक्रम सञ्चालनको क्रममा बताएको थियो ।