
उर्मिला यादव,भदौ ३१
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जिल्लाको बिभिन्न स्थान बाट २ लाख ८५ हजार ५ सय १८ मुल्य बराबरको अबैध काठ तथा बिभिन्न मालसमान बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार बुधबार प्रहरी चौकी बासाबाट खटिएको प्रहरी टोलीले सरावल गाउपालिका वडा नम्बर २ देवीनगर स्थित ६ वटा साइकलमा राखि ल्याउदै गरेको सात थान ९८.२१ क्युफिट ० सालको चिरान काठ, साइकल र ६ जना मानिस सहित नियन्त्रणमा लिएको छ । उक्त काठ , ६ जना मानिस , र ६ वटा साइकल समेत आवश्यक कारवाही का लागी बर्दघाट सरावल सब डिभिजन बन कार्यालयमा बुझाइएको र उक्त काठको मुल्य करिब ३२ हजार ८ सय ४० रुपैया रहेको प्रहरीले जनाएको छ ।
यस्तै गरी बुधबार नै अस्थाइ प्रहरी बिट भुमहीबाट खटिएको प्रहरी टोलीले सुनवल नगरपालिका वडा नम्बर १२ महामाया रोड स्थित लु १७ प ६३४३ नम्बरको मोटरसाइकलमा राखि ल्याउदै गरेको ४ थान ९४.८२ क्युफिट ० सालको चिरान काठ नियन्त्रणमा लिएको छ । अन्दाजी १५ हजार मुल्य बराबर रहेका उक्त काठ र मोटर साइकल समेतलाइ आवश्यक कारवाहीका लागी डिभिजन बन कार्यालय परासीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिनु भएको छ ।
यस्तै गरी इलाका प्रहरी कार्यालय अमानिगंज बाट खटिएको प्रहरी टोलीले नेपालबाट भारत तर्फ लैजादै गरेको अन्दाजी ६४ हजार मुल्य बराबरको २६ बोरामा ८सय किलो हरीयो मटर पाल्हिनन्दन गाउपालिका वडा नम्बर २ मुडेरा बाट बरामद गरेको छ । उक्त मटर मानिसले टाउकोमा बोकी लैजादै गर्दा प्रहरी टोलीलाइ देखि बोरा फाली मानिस भागेको प्रहरीले जनाएको छ । बरामद भएको मटर आवश्यक कारवाहीका लागी महेशपुर भन्सार कार्यालयमा बुझाइएको छ। यस्तै गरी सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले भारत बाट अबैध रुपमा नेपाल तर्फ ल्याउदै गरेको अन्दाजी ६८ हजार ६ सय ७८ मुल्य बराबरको बिभिन्न कस्मेटिक तथा मोटरसाइकलका पार्टपुर्जा पाल्हिनन्दन गाउपालिका वडा नम्बर १ रमपुरवा बाट बरामद गरेको छ ।
यस्तै गरी भारत बाट नेपालतर्फ अबैध रुपमा ल्याउदै गरेको अन्दाजी १ लाख ५ हजार मुल्य बराबर को लेडिज कुर्ता, सुरुवाल लगायत बिभिन्न कपडा सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले पाल्हिनन्दन गाउपालिका वडा नम्बर १ गोपालपुरबाट बरामद गरेको जनाएको छ । उक्त मालसमान मोटरसाइलमा राखि ल्याउदै गर्दा प्रहरी टोलीलाइ देखी सामान फालेर मानिस मोटरसाइकल सहित भागेका थिए ।
बुधबार बरामद भएको सबै मालसमान आवश्यक कारवाहीका लागी महेशपुर भन्सार कार्यालयमा बुझाइएको प्रहरी नायब उपरीक्षक लामाले जानकारी दिनु भयो
