बिश्वकर्मा पुजा देशभर धुमधामका साथ मनाइदै

0
Quantam abroad studies

सतेन्द्र यादव , बिष्णुपुर सिरहा ,असोज १

परा पुर्व काल देखि मनाइदै आएको बाबा विश्वकर्माको पूजा भब्यताको साथ आज मनाईदै छ । हरेक कलकारखाना उघोग, कमप्युटर, मेशिन औजार , सवारी साधनलाई पुजा गरि ज्ञान बिज्ञान र सिपका भगवान बाबा बिश्वकर्मालाई आज सबैले सम्झने गर्छन ।

विश्वकर्मा पुजाको २१ औ शताब्दीको बिज्ञान र प्रबिधीको युगमा झन महत्व बढेको छ । बढ्दो औधोगिकी करण संगै भगवान बिश्वकर्माको पुजा महोत्सवले महत्व पाएको छ । आध्यात्मबाद र भौतिक बादको संतुलनले मात्र चरम बिकाश गर्न सकिन्छ भन्ने कुराको ज्वलन्त उदाहरण बिश्वकर्मा पुजा बनेको छ । बिशेष गरि हिनदु धर्मावलम्बीहरुले मनाउँदै आएको बिश्वकर्मा पुजा हिजो आज हरेक धर्म र जातका मजदुर तथ प्राबिधीकहरुले मनाउँदै आएका छन् ।

सिरहा को बिष्णुपुरमा रहेका विभिन्न उधोग , कलकारखाना, ग्यारेज , हार्डवेयरपसल , सवारी साधनलाई पुजागरी मनाईदै छ । विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । कलकारखानालाई विशेष रुपमा सजाएर मजदूरलाई समेत सहभागी गराएर यो दिवस मनाइन्छ । यस वर्ष कोरोना भाइरस कोभिड -१९ को सङ्क्रमण देशभर बढ्दै गएकाले सुरक्षित भएर दिवस मनाउनुपर्ने अवस्था छ । गत चैत ११ गतेदेखि नै धेरै कलकारखाना बन्द रहेका छन् ।

बिश्वकर्मा पुजाको भोली पल्ट आ–आफ्ना स्थानमा सजाएर पुजा गरेर राखिएका बिश्वकर्मा बाबाको मुर्ती बाजा गाजा , नाच गान सहित नजिकैको पोखरी तथा खोला लगेर सेलाईने परम्परा रहेको छ भने कसैले बिश्वकर्माबाबाको फोटो राखेर मनाउने गर्छन् ।

महाराजगन्ज नगरपालिका , कपिलवस्तु

महाराजगन्ज नगरपालिका , कपिलवस्तु

वडा नं. २ को कार्यालय

वडा नं. २ को कार्यालय

महराजगन्ज नगरपालिका ..
Leave A Reply

Your email address will not be published.