पर्वतको बिहादी गाउँपालीका का अध्यक्ष कमल प्रसाद भुसालद्वारा बर्राचौरमा रहेको आम्बारी माविको चारकोठे भवनको शिलान्यास ।

0
Quantam abroad studies

अमृत भट्टराई / बिहादी, पर्वत ।

sahani furniture udyog

पर्वतको बिहादी गाउँपालिका वडा नम्बर दुई बर्राचौरमा रहेको आम्बारी माध्यमिक विद्यालयको चार कोेठे दुई तले भवनको बिहीबार बिहादी गाउँपालिका का अध्यक्ष कमल प्रसाद भुसाल ले एक कार्यक्रम बीच शिलान्यास गर्नुभएको छ ।

शिलान्यास कार्यक्रममा आम्बारी माध्यमिक बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा बिहादी गाउँपालीका वडा नम्बर २ बर्राचौरका वडा अध्यक्ष ओम प्रसाद कुँवर बिहादी गाउँपालिक शिक्षा शाखा प्रमुख गोविन्द शर्मा आम्वारी माध्यमिक विद्यालयका प्र.अ गणेश शर्मा पौडेल बर्राचौरका जनप्रतिनिधि ,विद्यालय व्यवस्थापन समितिका पदाधिकारी , विभिन्न राजनीति दलका प्रतिनिधि र स्थानीयवासीको उपस्थित रहेको थियो ।

आम्वारी मावि गएको २०७२ वैशाख १२ र २९ गतेकाे गएको भुकम्पले क्षतविक्षत भएको थियो।राष्ट्रिय पुनर्निर्माण प्राधिकरण ले उपलब्ध गराएको चार काेठे दुई तले भवन र अपाङ्ग तथा छात्रा मैत्री शाैचालय सहितको नयाँ भवन निर्माण हुनेभएको छ । शिलान्यास कार्यक्रममा बिहादी गाउँपालिका का प्रमुख कमल प्रसाद भुसाल ले यदि बेला विश्व नै एउटा महामारी रहेको कारण ले निर्माण कार्य ढिला हुन् पुगेको र अब भवन निर्माण समयमा नै हुने बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नम्बर दुई बर्राचौरका वडा समेतरहेका कुँवर ले आम्बारी माविलाई बिहादी गाउँपालिका कै नमुना विद्यालय बनाउने उदेश्यले आफू लागि परेको बताए ।

आम्बारी माविमा यस अगाडि ८ कोठा सहिदको भूकम्प प्रतिरोधात्मक भवन निर्माण भइ सकेको छ ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.